अर्थ

शेयर बजारः सामान्य अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्य झिनो अङ्कले मात्रै घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.२ विन्दुले घटेर एक हजार १८७.७७ विन्दुमा झरेको छ ।  यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसम...

डुब्दै अलैँची किसान, राज्यले चासो नदिएको व्यवासायीको गुनासो

ताप्लेजुङ । अलैँचीको मूल्य बढेर प्रतिमन १ लाख २० हजार रुपैयाँमा कारोबार हुन थालेपछि ताप्लेजुङको सिरिजंघा गाउँपालिका–७ खेवाङका कृषक रनबहादुर सार्की हौसिए ।  झण्डै सात लाख रुपैयाँ लगानी थपेर उनले अलैँची खेती विस्तार पनि गरे । साहुबाट महङ्गो ब्याज दर...

सडक जोडिएसँगै फेरिदै डोल्पालीको जीवन, हट्यो खच्चडबाट ढुवानी गर्नुपर्ने बाध्यता

डोल्पा । वर्षौंदेखि यातायातको सुविधा नहुँदा सास्ती खेप्दै आएका डोल्पाली जनताको जीवनशैली सडक सुविधा पुगेपछि विस्तारै फेरिन थालेको छ ।  सडक खुलेसँगै जीप, ट्रयाक्टर, मोटरसाइकललगायतका यातायातका साधन भित्रिन थालेका छन् । यसअघि गाडी नहुँदा दैनिक उपभोग्य सामग्रीद...

हुम्लामा २६ किलोमिटर ग्रामीण सडकको निर्माण, हेलिकप्टरबाट ढुवानी गरिएका निजी गाडी सञ्चालनमा

हुम्ला । जिल्लाका सातवटै गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ मा २६ किमी ग्रामीण सडक निर्माण गरेका छन् । सडकलाई पहिलो प्राथमिकता दिँदै स्थानीय सरकारले उक्त आर्थिक वर्षमा वार्षिक योजना तय गरेरै सडकको निर्माण गरेका हुन् । सडक सञ्जाललाई गाउँपालिकाको विकासका लागि पहिलो प्रा...

दार्चुला–तिङ्कर सडकः दश वर्षमा ३२ किमी साधारण बाटो खुला, सर्वसाधरणलाई आवात-जावत गर्न सहज

दार्चुला । केन्द्रीय सरकारकारको महाकाली करिडोर योजना अन्तर्गत दार्चुला– तिङ्कर सडकको १० वर्षमा ३२ किलोमिटर साधारण बाटो खुला गरिएको छ ।  उक्त बाटोका लागि तीस करोड १७ लाख बजेट छुट्याइएको थियो । सात महिना अघि गत असार १० गते बझाङ जिल्लाको कालाङगाड ...

खप्तड आउने पर्यटकको संख्यामा वृद्धि, तीन हजार ३९० भ्रमण शुल्क लाग्ने

डोटी । सुदूरपश्चिमको पर्यटकको आकर्षणको केन्द्र मानिएको खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्न थालेको छ ।  चालू आर्थिक वर्षको हालसम्म २९ विदेशी पर्यटकले निकुन्ज अवलोकन गरेकामा एक हजारभन्दा बढी स्वदेशी पर्यटकले अवलोकन गरेको निकुञ्जका सहायक संरक्षक अधिकृत प्रकाशब...

शेयर बजार : सात विन्दुले घट्यो

काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्य ओरालो लागेको छ । मङ्गलबार उच्च अङ्कले बजार वृद्धि भएको भए पनि आज त्यो क्रम अगाडि बढ्न सकेन ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ७ दशमलव ५७ विन्दुले घटेर एक हजार १८७ दशमलव ९७ विन्दुमा झरेको छ । ...

वाइडबडी प्रकरणमा गम्भीर छानविन गर्न कांग्रेसको माग, अनियमिततामा संलग्नलाई कडा कारबाही गर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वाइडबडी विमान खरिदमा भएको अनियमितता सम्बन्धमा गम्भीर र गहिरो छानबिन गर्न माग गरेको छ ।  बुधवार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा विज्ञप्तिमा वाइडबडी विमान खरिदमा भएको अनियमिततामा संलग्न व्यक्तिलाई मोलाहिजा ...

घोडेपानी–घान्द्रुक पदमार्गमा जाने पर्यटकको संख्यामा वृद्धि, ६५ हजार विदेशीले गरे भ्रमण

म्याग्दी । म्याग्दी र कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने पर्यटकीय क्षेत्र घोडेपानी र घान्द्रुक क्षेत्रमा एक वर्षमा ६५ हजार विदेशी पर्यटक भित्रिएका छन् । सन् २०१८ मा ६५ हजार ७६ विदेशी पर्यटकले घोडेपानी–घान्द्रुक पदमार्गमा पर्ने पर्यटकीयस्थलको भ्रमण गरेको अन्नपूर्ण संरक्षण...

सनराइज बैंकको अध्यक्षमा दुगड

काठमाडौं । सनराइज बैंकको सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगड निर्वाचित भएका छन् ।  गत पुस २९ मा भएको बैंकको साधारण सभाबाट पुनः सञ्चालकमा दुगड निर्वाचित भई सर्वसम्मतबाट अध्यक्ष चुनिएको बैंकले जनाएको हो । दुगडलाई नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेप...

तामाकोशीले शेयरधनीहरुलाई साधारण शेयरको आभैतिकरण गर्न निर्देशन

काठमाडौं। माथिल्लो तामाकोशीले शेयरधनीहरुलाई साधारण शेयरको आभैतिकरण ‘डिम्याट’ गर्न निर्देंंशन दिएको छ । उक्त कम्पनीले सञ्चय कोषबाट सञ्चयकर्ताहरुको लागि २ करोड ५४ लाख १६ हजार कित्ता निष्काशन गरेको थियो । तर, डिम्याट गर्ने प्रणालीभ भने भर्खरै लागु गरिएको ...

शेयर बजार दोहोरो अङ्कले वृद्धि

काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले वृद्धि भएको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापन गर्ने नेप्से परिसूचक १७ दशमलव ५१ विन्दुले बढेर एक हजार १९५ दशमलव ५४ विन्दुमा पुगेको छ ।  यस्तै ‘क’ वर्गका कम्पनीको कारोवा...

पर्यटनमन्त्री भारतमा : हवाई मार्गबारे भएको सहमतिमा कुराकानी हुने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सोमवार साँझ भारत प्रस्थान गरेका छन् ।  जनवरी १५ देखि १६ सम्म आयोजना हुने ‘ग्लोवल एभिएसन समिट–२०१९’ मा सहभागी हुन भारत प्रस्थान गरेका हुन् ।   उनको निजी सचिवालयका ...

६ महीनाको अवधिमा १९ अर्बभन्दा बढी राजश्व सङ्कलन

विराटनगर । विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम अर्धवार्षिक (पुस मसान्त) सम्ममा रु १९ अर्ब ५७ करोड २० लाख राजस्व सङ्कलन गरेको छ ।  सो अवधिमा कार्यालयले रु १९ अर्ब ५६ करोड ४६ लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । गत आर्थिक वर्षको सोही अवधिमा रु ...

गुराँस लाइफले ८ प्रतिशत शेयर लाभांश दिने

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई ८ प्रतिशत बराबरको शेयर लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७-७४ को सञ्चित मुनाफाबाट हालसम्म कायम भएको चुक्ता पूँजी रु ५९ करोड ४० लाख बराबरको आठ प्रतिशतले हुन आउने रु चार करोड ७५ लाख २० हज...

सिडिएसको नाफा आठ करोडभन्दा बढी

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आर्थिक वर्ष २०७४–७५ मा रु ८ करोड ८३ लाख ७२ हजार ९१ खुद नाफा गर्न सफल भएको छ ।  कम्पनीले आफ्ना शेयरधनीलाई चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश अर्थात् रु ६ करोड वितरण गर्ने प्रस्ताव गरेको छ । लिमिटेडले करयोग्य आय...

सडकका कारण पर्यटक आगमनमा कमी, बौद्ध-जोरपाटी-साँखु सडकको अवस्था नाजुक

काठमाडौं । काठमाडौं उपत्यकाको सडकको चर्चा कि बर्खायाममा हुन्छ कि सुक्खायाममा हुन्छ । बर्खामा हिलो र सुक्खायाममा धूलोले आजित भएपछि सबैले यहाँका सडक देखाउँदै आलोचना गर्न थाल्छन् ।  यसका लागि चाबहिल साँखु सडकखण्ड एउटा उदाहारण बनेको छ । काठमाडौँ उपत्यकाको मु...

टेलिकमले शेयरधनीलाई लाभांश दिने

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७४-७५ को मुनाफा रकममध्येबाट प्रति शेयर रु ५५ का दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ ।  कम्पनीको सोमबार सम्पन्न ११औँ वार्षिक साधारणसभाले उक्त नगद लाभांश प्रस्ताव सर्वसम्मतले पारित गरेको टेलिकमक...

आज शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि

काठमाडौं ।  धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११ दशमलव ७४ विन्दुले बढेर एक हजार १८६ दशमलव ८० विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्...

निगमको बोइङ ‘गण्डकी’ मङ्गलबार नेपाल ल्याइँदै

काठमाडौ ।  मर्मतका लागि ५८ दिनदेखि मलेसियामा रहेको नेपाल वायुसेवा निगमको बोइङ ‘गण्डकी’ भोलि मङ्गलबार नेपाल ल्याइने भएको छ । निगमको इन्जिनियरिङ विभागले कलसाइन नाइनएन एसिबी ७५७ बोइङको थर्मल ब्ल्याङ्केटमा समस्या आएको भन्दै मर्मतका लागि क्वालालम्पुर ...