रोजगार

एक हजार ३ सय कर्मचारीलाई कारवाही गर्न राष्ट्रिय सतर्कता केन्द्रको सिफारिस

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले २८ जिल्लाका एक हजार २ सय ४० कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेको छ ।  केन्द्रले २८ जिल्लाका ४ सय ५० सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा एक हजार २ सय ४० कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको हो ।  केन्द्रका प्र...

नेपाल र जापानबीच कामदार आपूर्तिबारे सहमति, एमओसीमा हस्ताक्षर गर्ने तयारी

काठमाडौं । नेपाल र जापानबीच कामदार आपूर्तिबारे समझदारी भएको छ ।  दुई देशबीच ‘कामदार आपूर्तिबारे ‘सहकार्यको समझदारी’(एमओसी)मा समझदारी जुटेको हो । सहमतिपछि अब एमओसीको मस्यौदा दुबै देशको मन्त्रिपरिषद बैठमा पशे हुने क्रममा रहेको छ । ...

लोकसेवा आयोगले ठूलो संख्यामा खरिदार पदमा भर्ना खुलायो

काठमाडौं– लोकसेवा आयोगले राजपत्र अतंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरहको पदका लागि दरखास्त आह्वान गरेको छ । आयोगले खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो । आयोगले बुधबार प्रकाशित गरेको सूचनाअनुसार ध...

सरकारद्वारा साढे ५३ हजार कर्मचारी समायोजन

काठमाडौं । सरकारले साढे ५३ हजार कर्मचारी समायोजन गरेको छ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साढे ५३ हजार कर्मचारी समायोजन गरिसकेको जानकारी दिएको हो ।  मन्त्रालयको कर्मचारी समायोजन महाशाखा प्रमुख केदार प्रसाद पनेरुले निजामति तर्फको समाय...

बाँकेमा ८७ हजार घुससहित दुई कर्मचारी पक्राउ

नेपालगञ्ज । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाँकेका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।  नेपालगञ्जस्थित आयोगको कार्यालयले मङ्गलबार साँझ बाँकेका दुई सरकारी कार्यालयमा छापा मारेर ८७ हजार घुससहित दुई कर्मचारीलाई नियन्त्रण लिएको हो ।  अख्तियारका ...

आजदेखि कोरिया भाषा परीक्षा आवेदन खुल्ला

काठमाडौं । पुनः दक्षिण कोरियामा जान चाहने युवायुवतीका लागि आजदेखि कोरिया भाषा परीक्षाका लागि आवेदन खुल्ला गरिएको छ ।   तीन वर्ष वैधापनक रुपमा काम गरेर फर्किएका र पुनः दक्षिण कोरिया जान चाहने युवायुवतीका लागि आज (शुक्रवार)देखि आवेदन खुल्ने भएको हो । इच्छ...

लेखा अधिकृतहरुको समायोजन सूची सार्वजनिक (नामावलीसहित)

काठमाडौं । सरकारले एक हजार १ सय ३२ लेखा अधिकृतहरुको समायोजन सूची सार्वजनिक गरेको छ ।  लेखा अधिकृतहरुको समायोजनको काम गत फागुन ५ गते नै सकिए पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज (सोमवार) मात्र नामावली सार्वजनिक गरेको हो ।  मन्त्राल...

नेपाल प्रहरीको प्राविधिकतर्फ भर्ना खुल्ला

काठमाडौं । नेपाल प्रहरीको प्राविधिक समूह अन्तर्गत विभिन्न पदमा भर्ना खुलेको छ ।  प्रहरी प्रधान कार्यालयले सोमवार एक सूचना जारी गरी  नेपाल प्रहरीको प्राविधिक समूह अन्तर्गत विभिन्न पदमा भर्ना खुल्ला गरेको हो ।  प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरी अस्पत...

नेपाल वायु सेवा निगमले कर्मचारी माग्यो (सूचनासहित)

काठमाडौं । नेपाल वायुसेवा निगमले विभिन्न पदका लागि कर्मचारी माग गरुेको छ ।  बिहीबार निगमले निकालेको सूचनाअनुसार सिनियर क्याप्टेनदेखि  पेन्टरसम्मका पदमा कर्मचारी माग गरेको हो 

कर्मचारी विधेयकमा आरक्षण कटौती गरिएको भन्दै दलित समुदायका सांसदको आपत्ति

काठमाडौं । विगतमा आरक्षणले व्यवस्था गरेका सुविधा कटौती गरेर सरकारले कर्मचारी विधेयक ल्याउने तयारी गरेको भन्दै दलित समुदायका सांसदले विरोध जनाएका छन् ।  समता फाउण्डेशनद्वारा यहाँ बुधवार आयोजित ‘कर्मचारी विधयेकमा दलित सवालहरू’ विषयक अन्तरक्रियामा...

नगरपालिकाका सब इन्जिनियर ६० हजार घुससहित पक्राउ

काठमाडौं । कञ्चनपुरमा ६० हजार घुसहित नगरपालिकाका सब इन्जिनियर पक्राउ परेका छन् ।  बेलौरी नगरपालिकाका सब इन्जिनियर हृदयराज बजगाई ६० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । उनले नगरपालिका ४ र ६ जोड्ने स्लाब कलभर्ट निर्माणको अन्तिम रनिङ बिल फरफारकका लागि स...

समायोजन लगत्तै नयाँ भर्ना खुल्नेछ: मन्त्री पण्डित

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन सकिएपछि नयाँ भर्ना प्रक्रिया शुरु गर्ने बताएका छन् ।   नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आज नवनियुक्त राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृतको ३३ औँ आधारभूत प्रशासन प्रशिक्षणको समा...

प्रधानमन्त्रीको कटाक्षः पानी जहाजको टिकट कहिले पाइन्छ भनेर जिस्काउनु होला नी!

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले देश एक कदम अगाडी बढेको र पानी जहाजको युगमा प्रवेश गरेको बताएका छन् ।  बिहीवार बिहान ललितपुरको एकान्तकुनामा नेपाल पानी जहाज कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओली सो कुरा बताएका हुन् ।  यसैगरी उनले नेपालको ...

कसले कसरी पाउँछन् बेरोजगार भत्ता ? निर्वाह भत्ता कसका लागि

काठमाडौं । सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को घोषणा गरेको छ । बुधवार ‘प्रधनमन्त्री रोजगार कार्यक्रम’ घोषणा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो काम बेरोजगारहरुको तथ्यांक संकलन हुने बताए ।  योसँगै सरकारले आफ्ना नागरिकलाई...

एक सय ३१ कम्पनीलाई श्रमिक आपूर्ति व्यवसायका लागि इजाजत

काठमाडौं । सरकारले एक सय ३१ कम्पनीलाई श्रमिक आपूर्ति व्यवसाय (आउट सोर्सिङ)का लागि इजाजत दिएको छ ।  श्रमिक आपूर्ति व्यवसायअन्तर्गतका कामलाई सरकारले चारवटा सेवामा विभाजन गरेको छ । सुरक्षा, सहजकारी, व्यवसाय सहयोग र घरेलु सहयोगी सेवा गरी ४ प्रकारका आउटसोर्सिङ का...

होटल तथा क्यासिनो मजदुर संघद्वारा मुलुकभरका रेष्टुरेन्ट बन्द

काठमाडौं । अखिल नेपाल होटल तथा क्यासिनो मजदुर संघले आज मुलुकभरका रेष्टुरेन्ट बन्द गराएको छ ।  उपभोक्ताबाट लिँदै आएको १० प्रतिशत सेवा शुल्क खारेज गर्ने निर्णयको विरोधमा संघले मंगलवार मुलुकभरमा रेष्टुरेन्ट बन्द गराएको हो ।  रेष्टुरेन्ट तथा बार एसोसिएशन...

मलेसियामा नेपाली कामदार पठाउने प्रक्रिया शुरु हुने

काठमाडौं । मलेसियामा नेपाली कामदार पठाउने प्रक्रिया शुरु हुने भएको छ ।  नौ महिनादेखि बन्द रहेको मलेसियामा नेपाली कामदार पठाउने प्रक्रिया दुई देशबीच भएको श्रम सम्झौता अनुसार हुने लागेको हो ।  श्रम सम्झौता अनुसार पहिलो चरणमा कलिङ भिसा आएका करिब ६ ...

पञ्चासे केबलकारले अठार गाउँका बासिन्दालाई रोजगारी दिने

पर्वत । पञ्चासे केवलकार एण्ड टुर्स लिमिटेडले प्रभावित क्षेत्रका किसान र मजदुरलाई रोजगारी र लगानीको समेत अवसर दिने भएको छ ।  पर्वत, कास्की तथा स्याङ्जाको सिमानामा पर्ने प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पञ्चासेमा केबलकारसहितको पूर्वाधार निर्माण गर्ने उद्देश्य राखेको क...

विशेष भत्ताको माग गर्दै चिनी उद्योगका मजदूरद्वारा अनिश्चितकालीन अनसन

महोत्तरी । विशेष भत्ताको माग गर्दै एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज लिमिटेड रामनगरका मजदूरले आज दोस्रो दिन पनि आमरण अनशन जारी राखेका छन् ।  वर्षौंदेखि पाउँदै आएका सेवा सुविधा उद्योग व्यवस्थापन पक्षले कटौती गरेको भन्दै १० जना मजदूरले सामूहिकरुपमा उद्योग प्रशा...

आजदेखि धनगढीबाटै श्रम स्वीकृति लिन सकिने

काठमाडौं । सुदूरपश्चिम प्रदेशको धनगढीबाट पनि श्रम स्वीकृति लिन पाइने भएको छ ।  वैदेशिक रोजगारीको श्रम स्वीकृति धनगढीबाटै पाइने भएपछि काठमाडौं धाउनु पर्ने वाध्यता हटेको छ ।  आज (शुक्रवार)देखि धनगढीबाटै श्रम स्वीकृति प्रदान गर्न थालिएको हो । ...