खेलकुद

बैशाख पहिलो सातामा आईएमइ टेनिस हुने

काठमाडौं । आईएमइ फाउन्डेसनको आयोजनामा दोश्रो आईएमइ जेटीआई ग्रान्ड जुनियर खुल्ला टेनिस प्रतियोगिता बैशाख पहिलो साता हुने भएको छ । प्रतियोगिता बैशाख २ गतेदेखि ७ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा हुने फाउन्डेसनका सदस्य राजु पौडेलले जानका...

सेमिनारमा निर्णायक टोली

काठमाडौं । ट्युनिसियामा हुने तेक्वान्दोको अन्तर्राष्ट्रिय ग्योरोगी, पुम्से तथा पारा रेफ्री सेमिनार तथा रिफ्रेसर कोर्समा नेपालबाट ३ जना सहभागी हुने भएका छन् । मार्च २८ तारिखसम्म हुने उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का, नन्द विष्ट र तिलक लामाले सहभागिता जनाउन...

पलिस्थालाई स्वर्ण पदक

काठमाडौं । पलिस्था कक्षपतिले १६ औँ विश्व मुवाँथाई च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छिन् ।    पलिस्थाले महिला क्याडेट ३० केजीमा भारतकी भुवनेश्वरीलाई पराजित गरी स्वर्ण पदक जितेको नेपाल राष्ट्रिय मुवाँथाई सघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् । थाइल्यान्डम...

भूउपयोग र खेलकुद विधेयक विधायन समितिमा

काठमाडौं ।  राष्ट्रियसभा बैठकले दुई विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।  बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भूउपयोग विधेयक, २०७५ र राष्ट्रिय खेलकुद  विकास विधेयक, २०७५ लाई सर्वसम्मतिका साथ पारित गर्दै समितिमा पठाए...

कुवेतविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने नेपाली टोलीको बिदाई

काठमाडौं । कुवेतविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल खेल्ने नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीलाई मंगलवार बिदाई गरिएको छ ।  कुवेतसँगको दुई मैत्रीपूर्ण खेलका लागि २४ सदस्यीय नेपाली टोली मंगलवारै कुवेत प्रस्थान गरेको हो । नेपालले यहि मार्च २१ र २६ तारिखमा कुवे...

महिला साफ फुटबल : गोल भन्दा उत्कृष्ट प्रर्दशन गर्ने लक्ष्य : प्रशिक्षक खड्का

विराटनगर । नेपाली टिमका मुख्य प्रशिक्षक हरि खड्काले श्रीलंकाविरुद्धको खेलमा उत्कृष्ट प्रर्दशन गर्ने बताएका छन् ।  नेपाली महिला टिमले भोली ‘बुधवार’ साफ च्याम्पियनसिपको सेमिफाइनलमा समूह ‘बी’को उपविजेता श्रीलंकासँग खेल खेल्दैछ । श्रीलंकालाई...

शाकिरीले युरोकप छनोटको दुई खेल गुमाउने

एजेन्सी । स्विट्जरल्याण्डका मिडफिल्डर जर्दान शाकिरीले यु्रोकप फुटबल अन्तर्गत छनोटको दुई खेल गुमाउने भएका छन् ।  शाकिरीले युरो कप छनोटको शुरुवाती दुई खेल गुमाउने भएका हुन् । ग्रोइनमा चोट बोकेका कारण उनले युरो कप छनोट खेल नखेल्ने भएका हुन् । इंग्लिस क्लब लिभरपुलक...

अजयले जिते स्वर्ण पदक

काठमाडौं । संयुक्त अरब इमिरेट्स ‘युएई’ मा जारी स्पेसल ओलम्पिक वल्र्ड समर गेम्समा नेपालका अजय तामाङले स्वर्ण पदक जितेका छन् ।  अजयले पुरुष सटपुटमा स्वर्ण पदक जितेको स्पेसल ओलम्पिक नेपालले जनाएको छ । सोही स्पर्धामा सागर शेरचन कास्य पदक हात पारे । 

सुस्मिलाई कास्य पदक

काठमाडौं । नेपालकी सुस्मि श्रेष्ठले २९ औँ ओपन युरोपियन कराँते च्याम्पियनसिपमा कास्य पदक जितेकी छन् ।  सुस्मिले महिला ६५ केजीमा कास्य पदक जितेको नेपाल क्योकुसिन बुदोकाइ कराँते संघका महासचिव समेत रहेका प्रमुख प्रशिक्षक राजेन्द्र सुवेदीले जानकारी दिएका...

आठौँ राष्ट्रिय खेलकुद प्रदेश ३ छनोट : जिम्न्याष्टिक खेलाडी छनोट

काठमाडौं । आठौँ राष्ट्रिय खेलकुदका लागि प्रदेश ३ बाट जिम्न्याष्टिक खेलाडी छनोट भएका छन् ।  समान ६–६ पुरुष÷महिला गरी १२ खेलाडी छनोट भएको प्रदेश ३ खेलकुद परिषद्का कार्यालय प्रमुख लीलाराम बस्नेतले जनाएका छन् । पुरुषमा भक्तपुरका उज्ज्वल तिवारी, त्रि...

महिला क्रिकेटको विजेताले १० लाख पाउने

काठमाडौँ– एनसीएल स्पोर्टस प्रालिको आयोजनामा हुने प्रथम महिला टी–ट्वान्टी क्रिकेट लिग प्रतियोगिताको विजेताले रु १० लाख पुरस्कार पाउने भएको छ । आगामी वैशाख ७ देखि १४ गतेसम्म हुने उक्त प्रतियोगिताको उपविजेताले रु पाँच लाख पाउने आज यहाँ आयोजित पत्रकार सम्...

महिला टी-ट्वान्टी क्रिकेट लिग : विजेताले १० तथा उपविजेताले ५ लाख रुपैयाँ पाउने

काठमाडौं । एनसीएल महिला टी-ट्वान्टी क्रिकेट लिगको विजेताले १० लाख रुपैयाँ पाउने भएको छ ।  नेपालमा पहिलो पटक हुन लागेको महिला फ्रेन्चाईज क्रिकेट लिगको उपविजेताले भने ५६ लाख रुपैयाँ पाउने छ । आयोजक एनसीएल स्पोर्टसले सोमवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोज...

सिरी ‘ए’ लिग : उडिनेसविरुद्धको खेलमा गोलरक्षक डेभिड बेहोस

एजेन्सी । इटालियन क्लब नपोलीका गोलरक्षक डेभिड ओस्पिना मैदानमा नै बेहोस भएका छन् ।  जारी सिरी ‘ए’ लिग अन्तर्गत उडिनेसविरुद्धको खेलका दौरान गोलरक्षक ओस्पिना बेहोस हुँदै मैदानमा नै लडेका थिए । मैदानमा बेहोस भएपछि उनलाई तत्काल अस्पाल लगिएको थियो । ...

लिग वान फुटबलमा पीएसजी विजयी

एजेन्सी । फ्रान्सेली लिग वान फुटबल अन्तर्गत उपाधि दौडमा रहेको पेरिस सेन्ट जर्मेन ‘पीएसजी’ विजयी भएको छ ।  आइतवार राति सम्पन्न भएको खेलमा ‘पीएसजी’ले लिगको चौथो स्थानमा रहेको मार्सेलीलाई ३-१ गोल अन्तरले पराजित ग-यो । पीएसजीका लागि एन्ज...

म्याकलरोयले जिते प्लेयर गल्फ च्याम्पियनसिपको उपाधि

एजेन्सी । बेलायतका रोरी म्याकलरोयले प्लेयर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् । प्रोफेनल गल्फर म्याकलरोयले फाइनल चरणको खेलमा अमेरिकी जिम फेरिकलाई पछि पार्दै उपाधि आफ्नो कब्जामा पारेका हुन् । उनले २ अण्डर पार ७० स्कोर बनाउँदै उपाधि जितेका हुन् । यो सिजनको पहिला उप...

डोमिनिक थिमलाई इन्डियन वेल्स टेनिसको उपाधि

एजेन्सी । अस्ट्रियाका डोमिनिक थिमले इन्डियन वेल्स टेनिस च्याम्पियनसिपको उपाधि जितेका छन् ।  आइतवार राति सम्पन्न भएको पुरुष एकलतर्फको फाइनल खेलमा थिमले स्विटरजरल्याण्डका रोजर फेडेररलाई २-१ को निक्कै प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेका हुन् ...

इंग्लिस प्रिमियर लिग : लिभरपुल लिगको पुनः शिर्ष स्थानमा उक्लियो, चेल्सी पराजित

एजेन्सी । लिभरपुल जारी इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताको पुनः शिर्ष स्थानमा उक्लिएको छ ।  आइतवार राति सम्पन्न भएको ३१ औँ चरणको खेलमा लिभरपुलले रेलिगेसन जोनमा रहेको फुलह्यामलाई २-१ गोल अन्तरले पराजित गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ । खेलको २६ औँ मि...

ला लिगा फुटबल : उपाधि होडमा रहेको बार्सिलोनाको सहज जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबल प्रतियोगिता अन्तर्गत लिगको शिर्ष स्थानमा रहेको बार्सिलोनाले सहज जित हात पारेको छ ।  आइतवार राति सम्पन्न भएको २८ औँ चरणको खेलमा उपाधि होडमा रहेको बार्सिलोनाले लिगको आठौँ स्थानमा रहेको रियल बेटिसलाई ४-१ गोल अन्तरले पराजित ग-र्यो...

सुजन स्नुकर च्याम्पियनसिपको प्रि-क्वाटरफाइनलमा

काठमाडौं । काठमाडौंका सुजन ज्वारचन प्रथम साकुरा राष्ट्रिय स्नुकर च्याम्पियनसिपको प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । सुजनले काठमाडौंका विनयसिंह ठकुरीलाई ४–० ले पराजित गरे । त्यस्तै काभ्रेका निर्माण बोगटीले कास्कीका नवीन राणालाई ४–२, काठमाडौंका सञ्ज...

आठौँ राष्ट्रिय खेलकुद प्रदेश १ छनोट : पौडी खेलाडी छनोट

काठमाडौं । आठौँ राष्ट्रिय खेलकुदका लागि प्रदेश १ बाट खेलाडी छनोट भएका छन् ।  १२ पुरुष र ३ महिला गरी १५ खेलाडी छनोट भएको पौडीका मुख्य प्रशिक्षक शंकर कार्कीले जनाएका छन् । पुरुषमा मोरङका सत्कार ढकाल, हर्ष ढकाल, कालुराम माझी, सार्थक श्रेष्ठ र अजय सोरेन, संखु...