इरानले युद्ध सुरु गरे पूर्णरूपमा ध्वस्त पारिदिने ट्रम्पको चेतावनी

एजेन्सी | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्ध सुरु गरे पूर्णरूपमा ध्वस्त पारिदिने चेतावनी दिएका छन् ।

एनबीसीसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले अमेरिका इरानसँग वार्ता गर्न तयार रहेको तर कुनै पनि हालतमा परमाणु हतियार निर्माण गर्न नदिने बताए । 

राष्ट्रपति ट्रम्पले यसअघि ‘इरानमाथि आक्रमण गर्ने योजना अन्तिम समयमा स्थगित गरिएको ’दाबी गरेका थिए । 

तर १५० इरानी सर्वसाधारणको मृत्यु हुने देखिएपछि आक्रमण योजना अन्तिम समयमा (आक्रमणको १० मिनेट अघि) रोकिएको ट्रम्पले बताए ।

इरानी नेतालाई सम्बोधन गर्दै ट्रम्पले भनेका छन्, ‘तपाईंहरूले परमाणु हतियार निर्माण गर्न पाउनुहुन्न । यदि तपार्इंहरू यसबार वर्ता गर्न चाहनुहुन्छ भने त्यो राम्रो हो।’ 

इरानको इस्लामिक रेभोलुसनरी गार्ड (आईआरजीसी) ले दक्षिणी प्रान्त होर्मोजुमा अमेरिकी जासुसी ड्रोनलाई बिहीबार गोली हानी खसालेपछि आक्रमणको योजना बनाइएको ट्रम्पको दाबी छ । यद्यपि, विश्लेषकहरूले राष्ट्रपतिको उक्त अभिव्यक्ति इरानलाई त्रसाउने भएको हुन सक्ने जनाएका छन् ।

तेहरानले ‘आफ्नो आकाशमा प्रवेश गरकाले ड्रोनलाई गोली हानी खसालेको ’जनाएको थियो । इरानी समाचार संस्थाका अनुसार ‘मोबाराक पहाडी इलाकाको हवाई क्षेत्रमा अनधिकृत रूपमा प्रवेश गरको ‘आरक्यू–४ ग्लोबल हक’ जासुसी ड्रोन खसालिएको हो।’ 

तर अमेरिकाले सैनिक ड्रोन अन्तर्राष्ट्रिय जल क्षेत्रमाथि रहेको दाबी गरको थियो । यसबार राष्ट्रसंघीय सुरक्षा परिषदमा सोमबार छलफल चलाउन अमेरिकाले आग्रह गरको छ ।

गतसाता ओमानको खाडीमा दुई तेल ट्यांकरमाथि इरानलेआक्रमण गरको अमेरिकी दाबीपछि दुई देशबीचको सम्बन्ध थप बिग्रेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?