बगदाद विमानस्थलमा अमेरिकाको हमला, कुड्स फोर्सका जनरल कासिम मारिए

काठमाडौं । अमेरिकाले बगदादको विमानस्थलमा रकेट हमला गरेको छ । हमलाबाट इरानी रिभोलुसनरी गार्डको कुड्स फोर्सका जनरल कासिम सोलेमानी मारिएको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार राष्ट्रपति डोनाल्ड ट्रपको आदेशमा उक्त हमला भएको हो । अमेरिकी रक्षा मन्त्रालयले सुलेमानीलाई राष्ट्रपतिको आदेशमा मारिएको बताएको छ ।

बगदादको अन्तर्राष्ट्रिय एयरपोर्टमा हमलाको खबरपछि कासिमको मृत्युको खबर आएको हो । उक्त हमलामा अन्य धेरैको मृत्यु भएको खबर छ । इरानको रिभोलुसनरी गार्डले पनि जनरल कारिमको मृत्यु भएको पुष्टि गरेको छ ।

उनीहरुले अमेरिकी हेलिकप्टरमार्फत् आक्रमण भएको बताएका छन् । इराकी मिलिसियाका प्रमुख अबु महदी अल-मुहान्दिसको पनि हत्या भएको बताएका बीबीसीले जनाएको छ ।

हमला इरानले भविष्यमा गर्न सक्ने आक्रमणलाई विफल पार्न गरिएको हो । संयुक्त अमेरिकाले आफ्नो जनताको रक्षाका लागि संसार भरी नै उचित कदम चाल्नेछ बताएको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार बगदादस्थित अमेरिकी राजदूतावासलाई प्रदर्शनकारीले केही दिन अघि घेरेका थिए र प्रदर्शनको क्रममा अमेरिकी सेनासँगको भीडन्त पनि भएको थियो । यो हमला त्यही घटनासँग सम्बन्धित भएको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?