साम्राज्ञी र नाजिरको ‘तिमी सँग’ ट्रेलर रिलिज (भिडियो)

काठमाडौं, २७ फागुन – साम्राज्ञी शाह, नाजिर हुसेन र आकाश श्रेष्ठ स्टारर चलचित्र ‘तिमी सँग’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गरेको चलचित्रको ट्रेलर रिलिज गरिएको हो ।एक यात्रामा निस्केका तीन पात्रको कथाको वरिपरि रहेर निर्माण भएको चलचित्रमा साम्राज्ञी, आकाश र नाजिर केन्द्रीय भूमिकामा छन् । चलचित्रमा शिशिर रानाको कथा, लगानी र निर्देशन गरेको छ । त्यस्तै चलचित्रको स्किृप्ट शिशिर राना, साकार ओझा, समुद्र उप्रेती, सुशील क्षेत्रीले लेखेका छन् ।धेरैजसो हिमाली भेगमा छायांकन गरिएको चलचित्रमा सुशील क्षेत्रीको छायांकन छ ।चलचित्र आउँदो चैत्र २३ मा रिलिज हुँदैछ ।https://www.youtube.com/watch?v=t-s2Q7rO_UU

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?