प्रधानमन्त्री ओली नयाँदिल्लीमा, गृहमन्त्री राजनाथ सिंहले गरे स्वागत

काठमाडौं, २३ चैत । भारतको तीनदिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली भारतको राजधानी नयाँदिल्ली आइपुगेका छन् ।प्रधानमन्त्री ओलीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गर्ने भएका छन् ।नेपाल वायु सेवा निगमको विमानबाट प्रधानमन्त्री ओलीसहित भ्रमण दलको सदस्य केही बेर अघि नयाँ दिल्लीस्थिति इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणमा गरेका छन् ।प्रधानमन्त्री ओली शुक्रबार विहान ५४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत प्रस्थान गरेका हुन् ।प्रधानमन्त्री ओलीले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?