भयङ्कर लडाइँ : प्रेतात्मासँग

हिँड्दै थिएँ । पाइला घरतिर एकनासले लम्किँदै थिए । 

दिन कसरी ढल्यो ! यादै भएन । तर दिन ढलेर अँधेरी छायो या दिन जलेर अँधेरो भयो ! म यसै भन्न सकिनँ । तर आजको दिन यसरी अन्त भयो भनेर मलाई ख्यालै भएन । यो ख्याल नहुनु मेरो कमजोरी हो वा बाध्यता ? मलाई त्यो पनि थाहा भएन ।

एउटा भयङ्कर ऐँठनबाट मुक्त भएँ । मलाई ऐँठेन भएको रहेछ । ऐँठेनको बेला चिच्याउँदा तर्सिएकी छोरी झसङ्ग हुँदा उनको खुट्टा मेरो तीघ्रामा बज्रिएपछि बल्ल मैले त्यो भयङ्करको स्वप्न ऐँठेनबाट व्युँझिएँ ।

प्रकृति परिवर्तित छ । यसमा मेरो कहिल्यै बिमति भएन । हरेक क्षणको अवसान हुनुलाई म कहिल्यै नकारिनँ । एउटाको अन्त नहुँदै अर्को शुरु हुँदैन भन्ने कुराप्रति मेरो जहिल्यै समर्थन रह्यो । अर्थात एउटाको अन्त नै अर्कोको शुरु हुनु हो ।

जेहोस् दिन ढलेछ । 

बिना बाधा घरको खत्करी उक्लिन लाग्दाको कुरा । बडो विचित्रको एउटा निराकार महा-सन्नता  स्खलित भएको छ मेरो अगाडि । यहि स्खलित महाशुन्यतामा म शिथिल शिथिल छु । जुन शिथिलताले म भित्रको तामसी गर्जनलाई घाँती निचोरिदिएको छ। जीउ थिचिरहेको छ । म बेस्मारी छट्पटिएको छु । निकै हतारिएको छु । आैदाहाले मन अतिक्रमित छ । 

तँ को ? म को ? भन्ने गरि झपक्क रात परेको छ । कतिखेर रात पर्‍यो एकिन भएन ।  अँध्यारोमा कसैसँग भेटियो भने ठोक्किने डर उस्तै । संयोगले कसैसँग भने ठोक्किएन किनकि कसैसँग भेटै भएन । पूरा गाउँ अँध्यारिएर सुनसान प्राय: थियो । एउटा पनि मान्छे दिखिएनन् । हिजो अस्ती रातभर भुकेर नथाक्ने कुकुरको भुकाईसम्म पनि थिएन । ठूलो स्पिकरमा कतै गीत पनि बजेको छैन । उखरमाउलो तन्नेरीहरुको हल्ला सुनिदैन । जाँड खाएर बेहोसिमा कहिँ कतै कोहि हल्ला गरिरहेका छैनन् । हिजो अस्तीदेखि उदुम मच्याउने मुसाको आज छुसुक्कसम्म चाल छैन । अहो ! श्मशानघाट जसरी शुन्य , बिल्कुल शुन्य !

यो अँध्यारोसँग मेरो मन पनि अँध्यारिएको छ । यो शुन्यतामा मेरो मन पनि विदिर्ण भएको छ । मन उदासीन भएर  शिथिल छ । बन्जरभूमि यो गाउँमा मानाैँ , कुनै जीवात्माको बास छैन । म यहि उजाड बस्तीमा आज रात जस्तै अँध्यारिएको छु । रात जस्तै उदासी छु । रात पिएर बेहोसिएको छु । साथ बिना एक्लो छु । आफ्नै आत्माको साथ बिना हिँडिरहेको छु । 

हठात् एउटा दैहिक अहङ्कारको किन अन्त जस्तै फिलिङ्स भयो आज मलाई ? किन यो लघुताभास अकस्मात मनमा चुलियो ? संगीत झैँ सदा झङ्कृत हुने मनोकाङ्क्षा किन दमित हुन अभिशप्त छ ? सदा उत्साहित हुने चञ्चलता आज लुप्त छ ।

जीवनमा यतिधेरै अनाैठोपना कहिले पनि महसुस गरेको थिईनँ । शरीर गह्रौं भएको छ । बिल्कुल गह्रौं । मानाैँ , शरीर मेरो हैन । मैले अरुकै शरीर बोकिरहेछु । मानाैँ , आफ्नै लास बोकेको छु । मृत लास बोक्नेलाई थाहा हुन्छ । लास कति गह्रौं हुन्छ ? 

घरको खत्करी अर्थात सिँढी उक्लिँदै गएँ । हाम्रो खाम भाषामा सिँढीलाई खत्करी भनिन्छ । हो , अँधेरोमा त्यहि खत्करी हुँदै घर ऊक्लिएँ । हातमा टर्च पनि छैन । टर्च बिनाको हिँडाई । कता कता उदासीनताको कटु अनुभव । मानसिक शिथिलता जस्तो कस्तो कस्तो आभास । भित्रि मनमा अनाैठोपनाको शुन्याभास । शुन्यतामा मन किन यसरी हराइरहेको होला ? किन मन यतिधेरै बेचैनीले आक्रान्त छ ? किन उत्साह गुमनाम भैरहेछ आज मलाई ? रिक्तता सिवाय मनमा केहि छैन । हैन , के भयो आज मलाई ? के भैरहेको छ अकस्मात ? केही एकिन गर्न सकिन म । 

उक्लिँदै गर्दा खत्करीमा अल्पत्र परेका एकाध चल्ला चिँ चिँ गर्दै थिए , माउँ बिना । सोचेँ , माउँ खोज्दै होलान् । 

प्रेतात्मा छैन भन्ने बिचार बोक्ने मान्छे म ! सधैं रातबिरात हिड्ने मान्छे म ! तर यो कस्तो परिस्थितिमा जकडिएँ आफ्नै घरभित्र आज के देख्दैछु म ? यो कस्को प्रेतात्मा ? किन मेरै घरमा आउनु पर्ने ? त्यो पनि मेरै आँखा अगाडि !
 

एकाध कुखुरा पनि अँध्यारोमा उहि हविगतमा झुक्किएर मेरै छाना मुनि आजको अभागि रात कटाउन आए हुनन् । तिनिहरुको पनि बिचल्ली ।  बाहिरी वातावरण उहि बिरक्तिएको ! 

लाग्यो , बिचरा कसका कुखुरा होलान् ? कसका चल्ला होलान् ? माउँ कहाँ गयो होला ? किन यी कुखुराको खोजी भएनछ ? मनमा आशंका हुँडुलियो । तर तिनीहरुलाई नाघ्दै म घरको मझेरीमा पुग्नै लागेको थिएँ । किन हो , तिनीहरुलाई छुने हिम्मत पनि भएन । तिनीहरु कस्का थिए ? किन यतिधेरै बेवास्ता गरिएका होलान् यी अबोध चल्लाहरुलाई ? लाग्यो , कतै स्याल र वन ढाडेले पो लग्यो कि माउँ चाहिँलाई ? माउँलाई स्याल या ढाडेले लगे पनि यहाँ चल्ला बाहेक अँध्यारो कुनामा झोक्राएर बसेका अन्य एक दुई कुखुरा कसका होलान् ? हाम्रो त कुखुरा पनि छैनन् । कुखुरा नपालेको धेरै भयो । एकताका लगातार दुई सालमा गाउँका सबै कुखुराहरु रोगले मासिए पछि हामीले आबश्यक कुखुरा पनि पालेनाैँ । जे जति चाहिन्छन् आबश्यकतानुसार किनेर काम टारिरहेका छाैँ ।

म घरको ढोका अघि पुगेँ । घरको ढोका र भान्साकोठा दुबै बन्द थिए । भान्साकोठामा चीम बल्दै गरेको प्रकाशको प्रछायाँ बाहिर देखिन्थ्यो । घर पनि मेरो मन जस्तै विकराल दु:खको भूमरीमा मरेतुल्य भएको छ । घरको रंगरोगन , घरमा हिजोको चमक खै ! कता गयो ? कता हरायो ? अचम्भित भएर मैले चारैतिर एकपल्ट नजर घुमाएँ । बाहिरी वातावरण उस्तै सुनसान ! बिल्कुल शुन्य ! हैन किन यस्तो भयो आज मलाई ? खै त ! मभित्रको जागरुक मनुवा ? खै त ! मभित्रको हिजोको देदीप्यमान ? उदात्त सपना हराए जस्तो , मनोकाङ्क्षाको नूर गिरे जस्तो , आफु उभिएको धरातल माैनव्रती गुफा जस्तो ; जहाँ मेरो अहंको हिउँचुलीमा अकस्मात पहिरो गए जस्तो खिन्नताले मेरो आत्मा निराकार महाशुन्यताले घेराबन्दीमा पर्‍यो ।
घरभित्र पनि बत्ती त बलेकै होला , मनमा लागेको कुरा । 

तर बत्तीको नामोनिशान छैन । 

मैले ताल्चा खोलेँ । ढोका आधाउधी जति उघार्नु मात्र के थियो मेरो आङ सिरिङ्ङ भयो । आधाउधी उघ्रिएको ढोकामा जीवनमा कहिले नदेखेको एउटा अनाैठाे दृष्य ' कृष्ण कटेज ' फिल्म भित्रको डरलाग्दोपनामा देखियो । ' क्या हदसा क्या हकिकत ' को जस्तै भयानक दृष्यमाथि दृष्टिगोचर भयो । एक किसिमले मेरो सातो गयो । 

प्रेतात्मा छैन भन्ने बिचार बोक्ने मान्छे म ! सधैं रातबिरात हिड्ने मान्छे म ! तर यो कस्तो परिस्थितिमा जकडिएँ आफ्नै घरभित्र आज के देख्दैछु म ? यो कस्को प्रेतात्मा ? किन मेरै घरमा आउनु पर्ने ? त्यो पनि मेरै आँखा अगाडि !

उपाय केही नभए पछि म थर्थरी काँप्न थालेँ । डरले र रीसले । त्यो प्रेतात्मासँग झुझ्न भएभरको शक्ति लगाएँ । बाहिरको भान्साकोठाको ओदान हातमा लिएँ । अन्तिम दम भर्दै ओदानले हिर्काउन अदम्य साहसिक अभ्यास गरेँ । हिर्काएँ पनि । तर जति हिर्काए पनि त्यो प्रेतात्मालाई केही लछारपाटो लगाउन सकेन । 

उसले मेरो घाँटी समाउन आयो । मैले समाउन कति पनि दिईनँ । कहिले म उसको मुनि , कहिले ऊ मेरो मुनि । कहिले म उसको घाँटी बेस्मारी थिच्छु । कहिले उसले मेरो घाँटी थिच्छ । जीवनलाई दाउमा राखेर यो मल्लयुद्ध निकै जोडदार चल्यो । 

लड्दा लड्दै उसको जताततै प्रहार गरेँ तर उसको राैँ पनि हल्लेन । निरर्थक प्राय: भयो जम्मै प्रहार । उसलाई निकै हम्मेहम्मे पारेँ । 

अकस्मात उसले मेरो घाँटी निमोठ्यो । भएभरको बल लगाएर मैले त्यसको कडा प्रतिकार गरेँ । लडाईं अप्रत्यासित भयो । 

अब घरभित्रको चुलामा रहेको ओदान पनि हातमा लिएँ । त्यसले पनि भएभरको प्राण खिचेर भक्कुमार प्रहार गरेँ । प्रेतात्मा तसको मस भएन । अब भने दईटै ओदानलाई ब्रह्मास्त्रको रूपमा प्रयोग गरेँ । जीवनकै अदम्य साहस निकालेर लडाइँ लड्न कस्सिएँ । 

मुटु धड्किएको छ । पसिना आएको छ । आङ गह्रौं भएको छ । मानसिक अशान्त बिद्दमान छ । हेर्छु , बायाँ काखमा छोरी मस्तले सुतेकी छिन् । जसले मलाई ऐठेनबाट व्युँझाएकी थिईन् । मैले मायाले म्वाईँ खाएँ । दायाँ काखमा छोरो क्रिस गुजुल्टिएर मजाले निदाएको छ । उसलाई मायाले सुम्सुम्याएँ ।

खैर ! 

किन खुकुरीको याद भएनछ । ओदानले मात्र केही लछारेन । बिना हतियारमा पनि लडेँ । बिना कन्जुस्याइँ निस्पिक्रीसाथ लडेँ । अहँ ! कसो गरि पनि जित्ने मेलोमेसो आएन । अब कतिखेर मेरो इहलीला समाप्त हुन्छ । मैले यो मल्लयुद्धमा कृष्ण कटेजको भयङ्कर दृष्य सम्झेँ । क्या हदसा क्या हकिकत सम्झेँ । कुनबेला मेरो घाँटी निचोरिने हो ? कुनबेला मेरो मुटु कलेजो झिकिने हो ? सोँच्दा हात खुट्टा फट्रयाक्क गलेर आयो ।

यसै फन्दामा परेँ उसै फन्दामा भनेर अन्तमा भयङ्कर हुँकारका साथ दुईटा ओदानले प्रहार गर्न लागेँ । यतिधेरै हुँकार भयो कि , जोडले चिच्याउँदा झसङ्ग भएकी छोरी क्रिष्टिनाको खुट्टा मेरो तीघ्रामा बजारियो । अचानक म व्युझिएँ ।

उफ् ! 

एउटा भयङ्कर ऐँठनबाट मुक्त भएँ । मलाई ऐँठेन भएको रहेछ । ऐँठेनको बेला चिच्याउँदा तर्सिएकी छोरी झसङ्ग हुँदा उनको खुट्टा मेरो तीघ्रामा बज्रिएपछि बल्ल मैले त्यो भयङ्करको स्वप्न ऐँठेनबाट व्युँझिएँ । 

६ गते बैसाख २०७५ को त्यो मध्यरातमा दुई छोराछोरीको साथ म सुतेको थिएँ । मुटु धड्किएको छ । पसिना आएको छ । आङ गह्रौं भएको छ । मानसिक अशान्त बिद्दमान छ । हेर्छु , बायाँ काखमा छोरी मस्तले सुतेकी छिन् । जसले मलाई ऐठेनबाट व्युँझाएकी थिईन् । मैले मायाले म्वाईँ खाएँ । दायाँ काखमा छोरो क्रिस गुजुल्टिएर मजाले निदाएको छ । उसलाई मायाले सुम्सुम्याएँ । 

तर फिटिक्कै निद्रा आएन । तै पनि म फेरि निदाउने प्रयास गरेँ । 
*   *   *

आज मैले त्यो रातको कथा लेख्दै गर्दा पनि त्रसित हुन्छु । सिरिङ्ङ हुन्छु । साँच्चै , यदि त्यो स्वप्न ऐँठेन साँचो भइदिएको भए मेरो हालत कस्तो हुन्थ्यो होला त्यो दिन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?