सुन मूल्य बढ्यो

काठमाडौं । आइतबार सुनको मूल्य बढेकोे छ । आज छापावाला सुन प्रतितोला ५८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुन ५८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुन प्रतितोला ५८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।  चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला ७६० रुपैयाँमा कारोबार भइरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?