प्रदीप पौडेल बने कीर्तनको अभिभावक

 तनहुँ -कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले आमा बाबु नै गुमाएका  किर्तन सार्कीलाई विद्यालय भर्ना गरी अभिभावकत्व ग्रहण गरेका छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका १२ पिउरीदोभानमा जन्मिएका किर्तन आफन्त गुमाएपछि माइला बा काजीमान ठडराईको संरक्षकत्वमा रहेका भएपनि पढाईमा समस्या हुँदै आएको थियो ।
पौडेल आफैँ विद्यालयमा उपस्थित भएर बुधबार भर्ना गराइ दिएपछि किर्तनले विद्यालय जाने अवसर प्राप्त गरेका छन् । उनले कीर्तनलाई विद्यालय पोशाक, झोला र शैक्षिक सामग्री समेत हस्तान्तरण गरेका छन्।

‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चिता र सिकाईमा स्थायित्व’ भन्ने नाराका साथ अभियान सञ्चालन भइरहेको बेला किर्तनको अवस्थाका बारेमा गाउँफर्कोदय माविले थाहा पाएपछि विद्यालयले उनको शिक्षाका लागि सहयोग गर्ने दाताको खोजी गरिरहेको बेलामा सोही विद्यालयका पूर्व विद्यार्थी एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल भेटिएका हुन् । पौडेल आफैँ विद्यालयमा उपस्थित भएर बुधबार भर्ना गराइ दिएपछि किर्तनले विद्यालय जाने अवसर प्राप्त गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?