एक अर्कालाई भुलेर जिउन नसक्ने कविर र मरिष्का, लम्फू गीत रिलीज

काठमाण्डौ । गोपाल चन्द्र लामिछानेको निर्देशनमा निर्माण भएको सिनेमा 'लम्फू'को गीत रिलीज गरिएको छ । प्रमोद खरेको स्वर समावेश गीतमा नायक कविर खड्का र मरिष्का पोखरेललाई फिचर्ड गरिएको छ । सार्वजनिक 'तिमीलाई भुलेर' बोलको गीतमा अर्जुन पोखरेलको संगीत, युवराज सापकोटाको शब्द रहेको छ ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा एक अर्काको प्रेममा समाहित प्रेम जोडीको पिडा प्रस्तुत गरिएको छ । गीतको भाव अनुसार वियोगको कथा सिनेमा भित्र समावेश गरिएको छ । यो गीतले सिनेमा हेर्दै गर्दा दर्शक भावुक बनाउँने निर्देशक गोपाल चन्द्र लामिछाने भनाईछ । मिलन, वियोग, समाज र साथीत्व तथा पारिवारीक कथा 'लम्फू' भित्र समावेश गरिएको छ । 

'लम्फू'मा सलोन वस्नेत, कविर खड्का, मरिष्का पोखरेल, चाँदनी शर्मा, सञ्चीत भण्डारी कुशाग्र भट्टराई 'बालकलाकार', आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुङ, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ । 

सिनेमामा तरकारीवालीका नामले चिनीएकी कुशुम श्रेष्ठको पनि विषेश भुमिका रहेको छ । 'लम्फू'लाई पपुलर मल्टिमीडियाको व्यानरमा शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?