सिर्जनाले सार्वजनिक गरिन ‘मीठो बोली’

काठमाडौं । पछिल्लो समय 'हाउडे माया' बोलको गीतबाट चर्चामा आएकी गायिका सिर्जना खत्रीले नयाँ गीत 'मिठो बोली' बजारमा ल्याएकी छिन् । 'मिठो बोली'मा सिर्जनाको स्वर तथा चर्चित संगीतकार मनोज राज शिवाकोटीको संगीत रहेको छ ।

सिर्जनालाई 'हाउडे माया' गीतले निकै चर्चामा पु¥यायो जसले गर्दा धेरै श्रोता तथा दर्शकले उनलाई 'हाउडे माया' उपनामले चिन्न थालेका छन् । जुन गीतले उनलाई देश तथा विदेशका थुप्रै मेला महोत्सवमा जाने बाटो खोलि दियो ।

'मिठो बोली'को भिडियोमा जुना, रोशनी र नबिनाले अभिनय गरेका छन् । भने यसका कोरियोग्राफर तेन्जु योञ्जन हुन । युवराज वाइवाले निर्देशन गरेको भिडियोलाई निशान घिकिरेले सम्पादन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?