निजाको डेव्यु सांगितीक यात्रा

काठमाडौं । सानो उमेर बाटै कभर गीत गाएर चर्चा पाएकी निजा पौडेलले पहिलो पटक आफ्नो सोलो गीत गाउँदै आफ्नो सांगीतीक करियर सुरु गरेकी छिन् । उनले पहिलो पटक विकाश चौधरीको संगीतमा गीत गायकी हुन् । उनलाई गायनमा अहिलेका नाम चलेका गायक विश्व नेपालीले साथ दिएका छन् । उनलाई नेपाली संगीत क्षेत्रमा सम्भावना बोकेकी गायीकाको रुपमा हेरिएको छ । निजा भर्खर ११ कक्षामा पढ्दैछिन् । 

एनेले आफ्नो एल्वममा समावेश ५ गीत मध्ये पहिलो गीत रेकर्डसँगै यो गीतको भिडियो जेठ १६ गते सार्वजनिक गरिने निजाले बताइन् । एल्वममा समावेश सम्पूर्ण गीतमा आफ्नोसँगै नाम चलेका कलाकारको स्वर रहने संगीतकार विकाश चौधरीले बताए । घरमा आमा बाबा र दाजुको सहयोगले आफु भविष्यमा सफल गायिका, मोडल तथा नायिका बन्ने बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?