‘कायरा’ रिलीज डेट फाईनल, साउन १८ आर्यन र साम्राज्ञीको रोमान्स

काठमाडौं । नायक आर्यन सिग्देलले पहिलो पटक आफ्नो सोलो व्यानरमा निर्माण गरिएको सिनेमा 'कायरा'को रिलीज डेट फाइनल गरिएको छ । वितरक सुनिल मानन्धरका अनुसार 'कायरा' अब साउन १८ गतेबाट अल नेपाल रिलीज गरिनेछ । 

कायराको सम्पूर्ण  छायाँकन फिलीपिन्समा गरिएको हो भने यसका निर्देशक लक्षमण रिजाल हुन् । प्रेमकथामा आधारित सिनेमामा कल्याण सिंहको संगीत, शिवराम श्रेष्ठको छायांकन रहेको सिनेमामा आर्यन सिग्देलले अहिलेकी चर्चित नायिका साम्रज्ञी राज्यलक्ष्मी शाहसँग जोडी बाँधेका हुन् । 

साम्राज्ञीले 'कायरा'को लागी सर्वाधिक १० लाख पारिश्रमिक लिएकी थिइन् । सिनेमाको कथा उत्कृष्ट हुनका साथै आफु आर्यन सिग्देलको ठुलो फ्यान भएकोले पनि यो सिनेमा गरेको बताउँछिन् । आर्यनले भने साम्राज्ञीलाई आफ्नो सिनेमामा लिएर सेफ ल्याण्डिङ्गको बाटो रोजेको चर्चा भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?