जसले घरलाई अशान्त बनाइदिन्छ, यी  चीजबाट सावधान !

एजेन्सी/ वास्तुशास्त्रमा घरमा कुन कुन चीजहरु कहाँ कहाँ राख्ने बारे बताईएको छ, तर कहिलेकाहीँ घरको वास्तु नमिल्दा विभिन्न समस्याहरु आईपर्न सक्छन् । नसका कारण पनि घरमा भनेजस्तो नहुन सक्छ । फैंगशुईका अनुसार, पाँच यस्ता चीजहरु छन्, जसकाकारण वास्तुकोको दोष बन्न गई घरमा समस्या बन्न जान्छ । यी पाँच चीजहरुमा ध्यान दिएमा उन्नती तथा सफलताको बाधा हट्ने वास्तुविदहरुको विश्वास छ ।

१. हरियो विरुवा
गमलामा हरियो विरुवा तथा फूलहरु राख्ने चलन छ । तर, घरको दक्षिण–पश्चिम दिशामा हरियो विरुवा flowerराख्नाले परिवारका व्यक्तिको विवाहमा रोकावट हुनुका साथै विवाह भएता पनि झैझगडा हुने सम्भावना रहन्छ ।
२. सुकेको फूल
यदि घरमा हरियो फूल छ भने यसले फाईदा पुग्छ, तर फूल सुकेको वा ओईलाएको भए यसलाई तुरुन्त हटाईहाल्नु पर्छ, यसले घरमा बिरामी फैलाउँछ ।
३. घरको दक्षिण दिशामा फोटो
घर सजाउनका लागि कोठाwaterfall wallpaperमा तस्विरहरु सजाउने गरिन्छ, तर दक्षिण दिशामा निलो रङ तथा पानीको फोटो लगाउनाले
परिवारको उन्नती तथा सम्मानमा हानी पु¥याउने मानिन्छ

४. घातुले बनेको ड्रागन
घरको पूर्वी dragonदिशामा कहिले पनि धातुले बनेको ड्रागन राख्नु हुँदैन र शयन कक्षमा पनि यो शुभ मानिँदैन । यसले नकारात्मक असर पर्नुका साथै विभिन्न समस्याको सामना गर्नुपर्ने हुन्छ ।

५. कागतीको विरुवा

कागतीको विरुवालाई सौभाग्य र सम्पन्नताको प्रतिक मानिन्छ । धनसम्पति कमाउनका लागि आफ्नो बगैंचाको दक्षिण पूर्वlemon-treeमा दिशामा कागतिको विरुवा लगाउनुहोस् । अन्यत्र लगाउनाले यसले शुभ फल नदिन सक्ने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?