समुन्द्र र एलिजाको रोमान्स, ‘अनुराग’ गीत रिलिज

काठमाडौं । 'अनुराग' सिनेमाको दोस्रो गीत रिलिज गरिएको छ । 'यस्तो साथी' बोलको रोमान्टिक गीत रिलिज गरिएको हो । सार्वजनिक गीतमा सिनेमाका दुई मुख्य कलाकार समुन्द्र पण्डित र एलिजा गौतमलाई फिचर्ड गरिएको छ । सार्वजनिक गीतमा सरोज पोखरेलको संगीत, सत्यराज एसआरसीको शब्द, अञ्जु पन्त र सुगम पोखरेलको स्वर छ । 

एरिका फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता ऋिषिराज धमाला हुन् । सिनेमामा समुन्द्र र एलिजाका अलवा ठिलेंन लामा, सरोज खनाल, रुपा राणा, राजाराम पौडेल, शिशिर राणा, मोहोन निरौला, विश्व बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ ।

भरत गौतम र गीता भेटवालले निर्माण गरेको सिनेमालाई सत्यराज चौलागाईले निर्देशन गरेका हुन् । किरण दाहालको कथा रहेको सिनेमामा सत्यराज र आगत केसीले मिलेर पटकथा तथा संवाद तयार पारेका हुन् । सिनेमामा रामकुमार केसीको छायांकन र भुपेन्द्र अधिकारीले सम्पादन गरेको सिनेमालाई आगामी साउन २५ गतेबाट अल नेपाल रिलिज गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?