भियाग्राको युुग समाप्त हुँदै , वैज्ञानिकले विकास गरे पुरूषांग तन्किने उपाय

एजेन्सी: पुरूषांग तन्काउने औषधि भियाग्राको युगा समाप्त पार्ने गरी वेज्ञानिकहरूले नयाँ कोषहरूको (स्टेम सेल) पता लगाएका छन् । यो स्टेम सेलको माध्यमबाट पुरूषहरूको यौन कमजोरीको उपचार गर्न सकिने वैज्ञानिकहरूको बुझाइ छ ।

पुरूषांगको आधारमा २०एम स्टेम सेलको सुई (इन्जेक्ट) गरेपछि यसले त्यो अंगको नशा र रगत वाहिनी नलीलाई पुनर्जिवित पार्न सक्ने परीक्षणमा पाइएको छ । यो उपचारबाट पुरूषांग लामो हुन सक्ने देखिएको छ । जुन कार्य भियाग्राले अहिलेसम्म गर्न पाएको थिएन् ।

सण्डे टाइम्समा छापिए अनुसार क्यान्सरका कारण प्रोस्टेट गल्यान्ड निकालिएका व्यक्तिहरूको उपचारका लागि यो अध्ययन गरिएको छ । यो कार्य गरिएपछि  पुरूषांगको नाशाहरू एवं रगत वाहिनी नलीहरू  खुम्चिन जान्छ ।

डेनिस सेन्टर फर रिजेनरेटिभ मेडिसिनका निर्देशक प्राफेसर सोरेन शेखले यो जुलाईमा बार्सिलोनामा आयोजना हुने युरोपियन सोसाइटी फर ह्युमन रिप्रोडक्सन एन्ड इम्ब्रोलजिको बैठकमा यसबारे विस्तृत विवरण खुलाउने भएका छन् ।

यसका अतिरिक्त स्टेम सेल थेरापीले पनि मधुमेह, मुटुका रोग, उच्च रक्तचाप र बढदो उमेरका कारण पुरूषांग लुलो भएका लाखौं व्यक्तिहरूलाई त्यसमा तन्किने क्षमता बढेर आएको उनले जनाए । 
लाखौं बेलायतीहरूमा पुरूषांग लुलो हुने समस्या रहेको सेक्युअल एडभाइस एसोसिएसनले जनाएको छ ।

शेखका अनुसार स्टेम सेल शरीरका अन्य अंग जस्तै लिभर, किडनी र मुटुका कोषहरू पनि बृद्धि गर्न सक्नेछ । यी कोषहरू रक्त वाहिनी नलीहरूका लागि धेरै राम्रा हुन्छन् ।

पुरूषांगको आधारमा सुई दिने गरी गरिने  कोषहरूको यो उपचारको माग बेलायतमा तीव्रगतिमा बढदै गएको छ । बेलायतमा वर्सेनी प्रोस्टेट गल्यान्डको समस्याबाट ४७ हजार पीडित हुने गरेको पाइएको छ । यसबाट वर्सेनी १२ हजार पुरूषको मृत्यु हुने गरेको छ । स्टेम सेल थेरापी विगत दुई दशक देखि बेलायतमा बढदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?