सगरमाथा आरोहण गर्नेमा नुवाकोट पहिलो बने पाण्डे

नुवाकोट, – नुवाकोटवासीमध्ये पहिलो पटक सगरमाथा आरोहण गर्न सफल विदुर नपा–१० गेर्खुटारका विवेक पाण्डेलाई आज त्रिभुवन त्रिशूली माविले सम्मान गरेको छ ।

विद्यालयका पूर्वविद्यार्थी पाण्डेले यही जेठ ३ गते सगरमाथा आरोहण गरेका थिए  । सगरमाथा आरोही ४० वर्षीय पाण्डेले त्रिभुवन त्रिशूली माविबाट प्रवेशिका उत्तीर्ण गरेका थिए  । आफ्ना विद्यार्थीले प्राप्त गरेको सफलताले अहिलेका विद्यार्थीलाई आत्मविश्वास बढ्ने अपेक्षाका साथ सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन्द्रमान प्रधानले बताए  ।

आरोही पाण्डेलाई जिल्ला समन्वय समितिका सदस्य गणेश शाही र विदुर नगरपालिका शिक्षा शाखा संयोजक कृष्णप्रसाद भण्डारीले विद्यालयका तर्फबाट सम्मानपत्र प्रदान गरेका थिए  । कार्यक्रममा प्रधानाध्यापक महेन्द्र रावत, विद्यालयका पूर्वाध्यक्ष मोहनबहादुर श्रेष्ठ र सदस्य कुलबहादुर खड्गी, क्याम्पसका पूर्वाध्यक्ष राजेश श्रेष्ठले आरोही पाण्डेलाई हिमाल आरोहणमा क्षेत्रमा अझै सफलता प्राप्त हुँदै नयाँ नयाँ अभिलेख कायम गर्न आग्रह गरे  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?