म्याग्दीको कुहुँमा १७ औँ शताब्दीको सुरुङमार्ग भेटियाे

कुहूँ (म्याग्दी) : सरकारले चालु अार्थिक बर्षभित्र देशभर ७ सुरूङमार्ग निर्माण शुरू गर्नेगरि बजेट छुट्याएपछि अहिले सुरूङमार्ग चर्चित छ ।

यही चर्चाका बीच म्याग्दी जिल्लाको मंगला गाउँपालिका-१, कुहुँ कालिका मन्दिर नजिकै १७ अाैं शताब्दीमा खनिएको ५० मिटर लामो सुरूङमार्ग भेटिएको स्थानीयले दाबी गरेका छन् । 

नेपालमा बार्इसे र चाैबिसे राज्यका नाममा राजारजाैटाले शासन चलाएको बेला सो सुरूङ खनिएको बुझिएको छ ।

तत्कालीन समयमा नेपालको पश्चिम क्षेत्रका शक्तिशाली शासक राजा डिम्ब मल्लको निर्देशनमा सो सुरूङ खनिएको बतार्इएको छ ।

शत्रुसँग सुरक्षित रहन सो खनिएको सो सुरूङमार्ग र्इतिहासको अध्येता र पर्यटकका लागि अाकर्षणको केन्द्र हुने भन्दै स्थानीले सुरूङको संरक्षण र प्रचारप्रसार गर्न सरकारसँग माग गरेका छन् । 

नेपालको पहिलो अाधुनिक र प्राविधिक सुरूङ भने मकवानपुर र बाराको बीचमा रहेको चुरिया सुरूङ हो । यो सुरूङ सन् १९१७ मा खनिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?