अवार्डको हरिबिजोग, ग्रीन कार्डको लोभमा भित्रभित्रै किनबेच !

काठमाडौं । केही हप्ताअघि काठमाडौंको राष्ट्रिय सभागृहमा एक अवार्ड कार्यक्रम सम्पन गरियो । उक्त अवार्ड कार्यक्रममा पक्का अवार्ड पाउने कलाकारबाहेक अरु कलाकारको उपस्थिति ज्यादै न्यून थियो । अवार्डका बारेमा गाइँगुइँ पनि उत्तिकै सुनिए । केहीले भन्दै थिए – नेपालमा अवार्ड यस्तै हो, फलानो आएका छन् भनेपछि स्योर यिनैले सर्वोत्कृष्ट अभिनेताको अवार्ड पाउने हुन् ।

कार्यक्रममा मनोनयनमा परेका मात्र उत्कृष्ट पाँच मात्र होइन, अवार्ड जितेका फिल्मकर्मी पनि उपस्थित थिएनन् ।

सम्मानित हुनेहरुको अवार्ड पनि नजिकका व्यक्तिले लिइदिएका थिए । केहीका अवार्ड सम्बन्धित फिल्मका निर्माताले बुझिदिएका थिए । अवार्ड कार्यक्रम थियो – डी सिने अवार्ड ।

डी सिने अवार्डले यस वर्षको दशौं संस्करण गरिरहँदा फिल्मकर्मीको उपस्थिति एकदम शून्यजस्तै देखिन्थ्यो । उक्त समारोह अवार्ड समारोह नभएर कुनै विद्यालयको औपचारिक कार्यक्रमजस्तो देखिन्थ्यो ।

यो एउटा उदाहरण मात्र हो, प्रायः नेपाली अवार्ड कार्यक्रमको दशा यस्तै हुने गर्छ आजभोलि ।

यही वर्ष सम्पन्न भएका अन्य अवार्डको हालत पनि उस्तै थियो । उही प्रक्रिया लगभग दोहोरिएको थियो हरेक अवार्डमा ।

अझ अहिले त जसलाई भनेर अवार्डको आयोजना गरिन्छ, उनै फिल्मकर्मी नआइदिँदा अवार्डकै हरिबिजोग हुन थालेको छ । केसम्म सुनिन्छ भने अवार्ड विजेताको नक्कली प्रमाण पत्र बनाएर विक्री समेत गर्ने गरिएको फिल्मकर्मी बताउँछन् ।

फिल्म निर्माणमा संग्लग्न धेरै मेकर पछिल्लो समय अवार्डको वास्तविकता बुझेर अवार्डप्रति रुष्ट हुन थालेका छन् । कतिले त अवार्डलाई ठाडै अस्वीकार समेत गर्न थालेका छन् । तर केही फिल्मकर्मी भने एकपछि अर्को गर्दै अवार्ड हात पार्ने ‘ब्रान्डेड’ नाम बनेका छन् । पछिल्ला केही अवार्डमा मनोनित भएका नाम हेर्ने हो भने ती नाम नेपालमा हुने अवार्ड समारोहमा दोहोरिने नाम हुन् ।

अझ अहिले त जसलाई भनेर अवार्डको आयोजना गरिन्छ, उनै फिल्मकर्मी नआइदिँदा अवार्डकै हरिबिजोग हुन थालेको छ ।

किन यसरी अवार्डमाथि नै फिल्म क्षेत्रको बलात्कार भइरहेको छ त? उनै फिल्मकर्मी बारम्बार दोहोरिनुको कारण अरु केही नभएर अमेरिकाको ‘ग्रीन कार्ड’को लोभ भएको फिल्म लेखक तथा समीक्षक सामीप्यराज तिमल्सिना बताउँछन् । नेपालमा वितरण गरिने अवार्ड र अवार्ड विजेताको लिस्ट हेर्दा ती अवार्ड समारोह अमेरिका भासिन किनिने अवार्ड भएको उनको दाबी छ । ‘अवार्ड विजेताको नाम र फिल्मको काम हेर्दा फिल्मकै कारणले अवार्ड पाएको जस्तो लाग्दैन, पैसा या अन्य केहीको लेनदेन पक्कै छ,’ तिमल्सिना अगाडि थप्छन्, ‘पछिल्लो समय अमेरिकाले ग्रीन कार्ड अप्लाई गर्दा अवार्ड पाएकालाई राम्रो मान्छ, त्यसैले पनि अवार्ड बाँडिन थालिएको हो, यसले अवार्डको गुणस्तरमा दीर्घकालीन घाटा पार्छ ।’

साथै जुन फिल्मले लगालग अवार्ड पाएका छन्, ती फिल्ममध्ये धेरै फिल्म अवार्ड पाउनका लागि योग्य नभएको उनी बताउँछन् ।

त्यसो त अवार्डलाई विश्वभरी नै बृहद ठूलो र सम्मानित पेशाका रुपमा लिइन्छ । कान्स फिल्म फेस्टिभल होस् या ओस्कार । यी अवार्ड पाउने फिल्मको विश्वभर नै चर्चा हुने गर्छ । फिल्मले समाजलाई कसरी प्रस्तुत गरे, त्यसमा सिर्जनाको प्रस्तुति कुन तरिकाले भएको छ, बिम्बात्मक रुपमा फिल्मले उठान गरेको गहनता के छ, फिल्ममा नभइ नहुने तत्त्वमा रहेर फिल्म निर्माण गरिएको छ कि छैन जस्ता पक्षलाई सुक्ष्म रुपमा केलाएर अवार्ड दिइन्छ । तर, नेपाली अवार्डको बिडम्बना के छ भने राम्रा फिल्मले कमै अवार्ड पाउँछन्, जुन फिल्म फिल्मजस्ता पनि बन्न सक्दैनन्, ती फिल्मले एकपछि अर्को गर्दै अवार्ड हात पार्छन् । फिल्मकर्मी मात्र हैन, यो क्षेत्रमा चासो राख्ने धेरैले अवार्डको किनबेचलाई नजिकैबाट बुझिसकेका छन् ।

शुरुदेखि नै नेपाली फिल्म क्षेत्रका लागि वितरण गरिने अवार्डलाई नकारात्मक रुपमा टिप्पणी गर्दै आएका फिल्मकर्मीमध्ये एक हुन् निर्माता तथा कलाकार दीपकराज गिरी ।

उनले फिल्मका लागि वितरण गरिने अवार्डले राम्रा फिल्मकर्मीलाई उत्साहित हैन, हतोत्साहित गरेको बताउँछन् । अवार्ड आयोजकले राम्रा फिल्मलाई भन्दा पनि आफन्त या नजिकका मान्छेका फिल्मलाई अवार्ड दिने गरेको उनको दाबी छ । ‘मैले अवार्डका कार्यक्रम पूरै बहिष्कार गरिसकेको छु, नेपालमा राम्रा फिल्मलाई अवार्ड दिइन्न, आफन्तका फिल्मलाई दिइन्छ,’ गिरी भन्छन्, ‘यस वर्ष दिइएका अवार्डको त झन् बिजोग छ, जुन फिल्मले परिवर्तन र नयाँपन दिन खोजेका छन्, ती फिल्मलाई कुनै अवार्ड छैन ।’

‘भन्नेले त आफ्नो फिल्मले अवार्ड नपाएर अवार्ड कार्यक्रमको विरोध गरेको पनि भनेका हुन्, तर मैले आफ्नो फिल्मले अवार्ड पाउनुपर्छ भनेर कहिल्यै भनेको छैन, राम्रा र केही गर्न खोज्ने फिल्मले अवार्ड पाउनुपर्छ भनेको छु ।’, गिरी भन्छन् ।

भारतमा पनि सलमान खान, शाहरुख खानले अवार्डको आशा नगरेको तर व्यावसायिक रुपले राम्रा फिल्म बनाएको उनको धारणा छ ।

पछिल्लो समय अवार्डको लेनदेन भएको विषय भने चर्को रुपमा उठ्न भने छोडेको छैन । फिल्मकर्मी र यो क्षेत्रमा रुचि राख्ने धेरैले अवार्डको हरिबिजोगका बारेमा खुलेर बोल्न थालेका छन् तर अवार्ड आयोजकले यस्ता धारणालाई आफ्नो विरोध गरेको, राम्रो कामलाई देख्न नसकेको जस्ता आरोपले आफ्ना गल्तीमा लेप लगाउने गरेका छन् । 

पछिल्लो समयलाई केलाउने हो भने अवार्ड समारोहलाई फिल्मकर्मी आफैले ठाडै अस्वीकार गर्न थालेका छन् । यसका उदाहरणका रुपमा केही ठूला भनिएका अवार्ड समारोह ताजा उदाहरण हुन् । दीपकराज गिरी, खगेन्द्र लामिछाने लगायतका कैयन् कलाकारले अवार्ड समारोहमा उपस्थिति नजनाउने बताइसकेका छन् ।

फिल्मकर्मी र यो क्षेत्रमा रुचि राख्ने धेरैले अवार्डको हरिबिजोगका बारेमा खुलेर बोल्न थालेका छन् तर अवार्ड आयोजकले यस्ता धारणालाई आफ्नो विरोध गरेको, राम्रो कामलाई देख्न नसकेको जस्ता आरोपले आफ्ना गल्तीमा लेप लगाउने गरेका छन् ।

फिल्मकर्मी र यो क्षेत्रमा रुचि राख्ने धेरैले अवार्डको हरिबिजोगका बारेमा खुलेर बोल्न थालेका छन् तर अवार्ड आयोजकले यस्ता धारणालाई आफ्नो विरोध गरेको, राम्रो कामलाई देख्न नसकेको जस्ता आरोपले आफ्ना गल्तीमा लेप लगाउने गरेका छन् । 

लामो समय चलचित्र पत्रकारिता गरेर फिल्म निर्देशनमा होमिएका फिल्म लेखक तथा निर्देशक दीपेन्द्र लामा नेपालमा अवार्ड पैसा कमाउने खेलो भएको बताउँछन् । नेपालमा हुने एकाध अवार्ड बाहेक अरु अवार्डको मुख्य उद्देश्य नै पैसा कमाउनेजस्तो देखिएको उनी बताउँछन् । ‘अवार्ड आयोजना कसले गरिरहेको छ भन्नेमा भर पर्छ, आयोजक अनुसार फिल्मको टेस्टलाई हेरेर अवार्ड वितरण गरिने हो, हाम्रोमा के भएको छ भने आयोजक एकातिर हुन्छन्, अरु अर्कोतिर हुन्छन्,’ लामा थप्छन्, ‘अरु देशमा अवार्ड नाफा कमाउने उद्देश्यले गरिएको हुँदैन, तर हाम्रोमा त अवार्ड पनि पैसा कमाउन गरिएजस्तो देखिन्छ ।’

यसरी वितरण गरिने अवार्डले ‘राम्रो’ गर्न खोज्ने फिल्म मेकरलाई निरुत्साहित गर्न खाजिएको उनले बताउँछन् ।

सरसर्ती हेर्दा अवार्ड जस्तो पवित्र पुरस्कारको पनि पछिल्लो समय किनबेच हुन थालेको छ । एकथरीले अवार्डको विरोध गरिरहन्छन्, अर्काथरी भने यस्तै ‘प्रायोजित’ अवार्डको आयोजना गरिरहन्छन् । ‘काग कराउँदै जान्छ, पिना सुक्दै जान्छ’ लाई आत्मसात् गर्दै अवार्ड वितरण त गरिएका छन् तर भोलिका दिनमा यसको जोखिम कति भयानक र अवार्डको इज्जतको खोजी यही क्षेत्रमा गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?