सिमा सुरक्षा बल ”सशस्त्र प्रहरी”को एक दल  ‘फोर्स मार्च’ आज कञ्चनुरको पुनर्वासमा गस्ती गर्दै

किशोर  तामाङ  / कञ्चनपुर । कञ्चनपुरको  दक्षिणी बेल्ट  पुनर्वासमा आज नेपाल सशस्त्र प्रहरी बल ले  नेपाल–भारतका विभिन्न सीमा क्षेत्रमा गस्ती शुरू गरेको छ।

सो टोलिले आज विवादित पुनर्वास  नगरपालिका वडा नं  ४ स्थित आनन्द बजार सीमा क्षेत्र बाट गस्ती  थालनी  गर्दै  पुनर्वास नगरपालिका वडा नं ९ स्थित  बिचफाटाको प्याराताल  सम्मा  विशेष  निगरानी का साथ गस्ती अघि बढ्नेछ ।

टोलीले सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि  चोरी पैठारी नियन्त्रण तथा सीमा क्षेत्रमा सिमा स्तम्भको अवलोकन र रेखदेखका लागि साताव्यापी ‘फोर्स मार्च’ गस्ती शुरु गरेको हो ।

सशस्त्र प्रहरी बल मुख्यालयको नीति, निर्देशन अनुसार  बेल्डाँडी गाउँपालिकाको ८० नम्बर पिल्लर देखी   शसस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय कञ्चनपुरले गस्ती शुरु गरेको हो ।

सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक गतिविधि नियन्त्रण एवं सीमाको रेखदेखका लागि फोर्च मार्च गस्ती थालिएको बताए ।

आज पुनर्वासको आनन्द बजार देखि बिचफाँटा सम्म गस्ती गरिने शसस्त्र प्रहरी टोलीका कमाण्डर प्रहरी सहायक निरिक्षक कृष्ण बोहराले बताए । यहि जेठ २० गते देखि बेल्डाँडी हुँदै नेपाल–भारत सीमा क्षेत्र गस्ती गर्दै जेठ २७ गते कञ्चनपुरको पूर्वी सिमाना डोकेबजारसम्म पुग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?