के लेस्बियन हुन् अक्षयकुमारकी यी हिराेइन?

मुम्बई । बलिउड अभिनेत्री एमी ज्याक्सन आफ्नो अभिनय र सुन्दरतका कारण नाम र दाम दुवै कमाएकी छिन् । दक्षिण भारतीय यी अभिनेत्री बलिउडका फिल्ममा पनि अभिनय गरेकी छिन् ।

एमी ज्याक्सन आजकाल अर्को कारणले पनि चर्चामा छिन् । त्यो के भने उनले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट शेयर गरेकी छिन्, त्यही पोस्टको कारण उनको चर्चा बढेको छ ।

उक्त तस्वीरमा दुई पार्टनरलाई देखाइएको छ । त्यो तस्वीरमा एमीले ‘वाइफ लाइफ’ लेखेकी छिन् । यो क्याप्सनलाई लिएर धेरैले उनी लेस्वियन भएको अड्कल काटेका छन् । अर्की माेडलसँगकाे उक्त पोस्टमा फ्यानले तपाईं लेस्बियन हो र? भनेर सोधेका छन् ।

एमीसँगै फोटोमा उनकी साथी युकेकी मोडल निलम गील छिन् । यी दुईको दोस्ती एमीको तर्फबाट नभएर निलमका तर्फबाट पनि देखिन्छ ।

निलमले पनि आफ्नो ट्वीटर एकाउन्टमा पोस्ट शेयर गर्दै लाइफबल वीथ एमी ज्याक्सन लेखेकी छिन् ।

दुवैका यस्ता पोस्टका कारण कैयन् फ्यानले प्रश्न सोधेका छन् । केहीले त बिहे गरेको हो र? भनेर समेत प्रश्न गरेका छन् ।

एमीले सधैजसो होमो सेक्सुअलिटीका बारेमा खुलेर कुरा गर्ने गर्छिन् । उनले आफ्नी एक केटी साथी बेस्ट फ्रेन्ड लेस्बियन भएको पनि खुलासा गरेकी थिइन् ।

तर, यो बारेमा भने उनी खासै खुलेको देखिँदैन । उनी अब अक्षयकुमार र रजनीकान्तसँगै फिल्म ‘२.०’ मा देखिँदैछिन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?