युद्धविरामपछि पनि तालिवानको आक्रमण,१८ को मृत्यु

नयाँदिल्ली- मुस्लीम समुदायको महत्वपूर्ण पर्व रमजानको अवसरमा युद्धविरामको घोषणा गरिएपनि आक्रमण र हिंसाका घटना भइरहेका छन् ।

भारत नियन्त्रित काश्मिरमा गोली लागेर पाँच जना लडाकु मारिएको भारतीय सेनाले आइतबार जनाएको छ ।

युद्धविराम घोषणा भएपछिको यो चौथो घटना हो । यसक्रममा कम्तीमा १६ जना लडाकु मारिएका छन् । गत मे १६ तारिखदेखि भारतको सरकारी सेनाले काश्मिर क्षेत्रमा युद्धविरामको घोषणा गरेको थियो ।

त्यसैगरी तालिवान लडाकूले युद्धविराम घोषणा गरिसकेपछि पनि अफगानिस्तानमा सुरक्षा चौकीमा आक्रमण भएको छ ।

दक्षिणी कान्दाहार प्रान्तमा पर्ने अर्घान्डाव जिल्लामा रहेको सुरक्षा चौकीमा आइतबार आक्रमण भएको अधिकारीले बताएका छन् ।

आक्रमणमा परि कम्तीमा १३ जना प्रहरी मारिएको नाम उल्लेख नगर्ने सर्तमा एक सरकारी अधिकारीले जानकारी दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?