खाजाघरबाट यौनधन्दामा संलग्न चार युवती पक्राउ

भक्तपुर- मध्यपुरथिमि नगरपालिका–४,चारदोबाटोमा सञ्चालित गगनचुम्बी खाजाघरबाट लागूऔषधसहित सञ्चालक र अन्य चार युवती पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरले गोविन्दपुर गाउँपालिका– ४ घर भई हाल चारदोबाटोमा खाजाघर सञ्चालन गर्दै आएका सञ्चालक ५२ वर्षीय शंकर राउतलाई २१० ग्राम लागुऔषध गाँजासहित पक्राउ गरेको छ ।

खाजाघरमा दैनिक यौनधन्दा हुने गरेको गुनासो बढेपछि प्रहरीले सोमबार साँझ छापा मारेको परिसरका निमित्त सूचना अधिकृत सुशीलकुमार पाण्डेले जानकारी दिए ।

सोही खाजाघरबाट यौनधन्दामा संलग्न रहँदै आएको अभियोगमा ती युवतीलाई पक्राउ गरिएको जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?