ब्याजदरमा प्रतिष्पर्धा गर्दै बैंक, कून बैंकले कति दिँदै ? (तालिका)

काठमाडाैं : बैंकमा पैसा राख्ने नागरिकलार्इ व्याजदरबापत दिनुपर्ने रकममा सिन्डिकेट लादेको नेपाल बैंकर्स संघको सिन्डिकेट अन्त्य भएपछि बैंकहरूबीच बढि व्याज दिने प्रतिष्पर्धा शुरू भएको छ ।

यो प्रतिष्पर्धाबाट गाँस काटेर बैंकमा रकम जम्मा गर्ने निम्नमध्यम वर्गीयदेखि लगानीयोग्य रकम भर्इकन पनि राम्रो ब्याजदर नपाएका धनाढ्यायसम्मलार्इ फार्इदा पुग्ने देखिएको छ । 

बैंकर संघले व्याजदर सिन्डिकेट फिर्ता लिएको एक हप्ताको अवधिमै ८ वटा वाणिज्य बैंकहरूले ब्याजदर बढाएका छन् । दिनैपिच्छे बजारमा बैंकहरूले नयाँ ब्याजदरको अफर ल्यार्इरहेका छन् । 

चालु अार्थिक बर्षको अन्त्य हुन लागेकाेले अहिले बजारमा लगानीयाेग्य पूँजी (तरलता) अभाव छैन । सरकारको बजेट खर्च बढिरहेकाले बैंकिङ प्रणालीमा रकम अार्इरहेको छ ।

तर, राष्ट्र बैंकले तोकेबमोजिम ८० प्रतिशत सीसीडी रेसियो कायम गर्नुपर्ने प्रावधानका कारण बैंकहरूले व्याजदर धमाधम ब्याजदर बढार्इरहेका हुन् ।

ब्याजदरको 'बेस रेट' र 'सीसीडी रेसियो' कारण बैंकहरू निक्षेपमा व्याजदर बढाउने प्रतिष्पर्धामा उत्रनुपरेको हो ।

बैंक मुद्दती निक्षेप ब्याजदर (%) बचत ब्याजदर (%)
सिभिल बैंक १२.२२ १०
सेञ्चुरी बैंक १२.५०
सानीमा बैंक १२
एनअार्इसी एसिया बैंक १२ १०
प्रार्इम बैंक १२ ८.५
माछापुच्छ्रे बैंक १२
सिद्दार्थ बैंक १२
लक्ष्मी बैंक ११.५

स्रोत : सम्बन्धित बैंकहरू

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?