नियमित स्वास्थ्य जाँचका लागि पूर्वराजा ज्ञानेन्द्र नर्भिकमा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह नियमित स्वास्थ्य जाँचका लागि नर्भिक अस्पताल पुगेका छन् । 

आइतबार बिहान नियमित स्वास्थ्य जाँचका लागि नर्भिक अस्पताल पुगेका हुन् । शाह मुटुका बिरामी हुन् । 

उनलाई २०७१ असोज ५ गते ह्दयघात भएको थियो । नर्भिक अस्पतालमा ह्दयघातको उपचार गराएका शाहले त्यसयता नियमित स्वास्थ्य जाँच गराउँदै आएका छन् । 

राजदरबारका पूर्वसचिव फणिराज पाठकले थप स्वास्थ्य समस्याका कारण नभएर नियमित स्वास्थ्य जाँचका लागि शाह आइतबार नर्भिक अस्पताल पुगेको जानकारी दिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?