प्रहरीको सरूवा र बढुवामा महानिरीक्षक खनाल ‘सफल’

काठमाडाैं : अाकर्षक स्थान र केन्द्रमा अाफ्नो 'मियो' गाडेर बसेका प्रहरी अधिकारीहरूलार्इ नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले सरूवा गरिदिएका छन् । लामो समयसम्म एकै स्थानमा बस्ने, सरूवा हुन नचाहने र प्रशासनलगायतका स्थानमा सिन्डिकेट चलाउन अभ्यस्त प्रहरी नायब निरीक्षकहरू यो पटक सरूवामा परेका छन् । 

१ हजार १०१ जना प्रहरी नायब निरीक्षकको सरूवा गर्ने क्रममा प्रहरी संगठनको अान्तरिक सुद्दिकरण अावश्यक भएको जनाउँदै खनालले 'सदाबहार कर्मचारी प्रहरी'हरूलार्इ सरूवा गरेका हुन् । यी प्रहरी अधिकृतहरू प्रहरी प्रधान कार्यालय र मातहतका विभागहरूमा ५ बर्षदेखि २० बर्षयता एकै ठाउँमा बसेर संगठनमाथि सिन्डिकेट जमाउँदै अार्इरहेको अारोप लाग्ने गरेको थियो ।

खनाल महानिरीक्षक भएपछि प्राविधीकतर्फका प्रहरी अधिकृतहरू चाहिँ प्रशन्न देखिएका छन् । १५ वर्षसम्म पदोन्नती नभएका सर्इदेखि डीअार्इजीसम्मको बढुवा गर्न सफल खनालले हालै २८ जना प्रहरी निरीक्षक र ५५ जना प्रहरी नायब निरीक्षकहरूको पदस्थापना गरिदिएका छन् भने ७३ जना डीएसपीलार्इ एकैपटक सरूवा गरिदिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?