धितोपत्र बोर्ड नै ‘खटिँदा’ पनि बिकेन एनएमबी बैंकको एफपीअो

काठमाडाैं : एनएमबी बैंकको एफपीअो बेच्न नेपाल धितोपत्र बोर्ड नै सक्रिय देखिएपनि बिक्री अाब्हान भएको ९ अाैं दिनसम्म जम्माजम्मी ६१ प्रतिशत कित्तामा मात्र अावदेन परेको छ । बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार शुक्रबार (हिजो) सम्म ७० लाख ५७ हजार ५७ कित्ताका लागि ५८ हजार २ सय अावेदकले अावदेन दिएका छन् । 

एनएमबीले चुक्ता पूँजी बढाउन भन्दै जेठ ३० गतेदेखि १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीअो बिक्री खुलाएको थियो । १ सय रूपैयाँ अंकित मूल्यमा २ सय ३३ रूपैयाँ प्रिमियम जोडेर एफपीअोको मूल्प्रय तिकित्ता ३ सय ३३ रूपैयाँ तोकिएको छ । 

तर, निर्धारित समयमा सर्वसाधारणले एफपीअो खरिदमा उत्साह नदेखाएपनि बैंक र विक्री प्रबन्धक कोषले संस्थागत लगानीकर्ताले समेत एफपीअो खरिद गर्न सक्ने व्यवस्था मिलाएको थियो । संस्थागत लगानीकर्ताले समेत निश्चित परिमाणको शेयर खरिदमा खासै चासो नदेखाएपछि पूँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डले 'धितोपत्र निष्कासन तथा वाँडफाँट निर्देशिका, २०७४' नै संशोधन गरेको थियो । 

प्राथमिक शेयर निष्काशनमा कुल कित्ताको ०.५ प्रतिशतमा मात्र अावेदन दिन पार्इने व्यवस्थालार्इ परिमार्जन गर्दै बोर्डले चाहेजति कित्तामा अावदेन दिन पाउने व्यवस्था मिलाएको थियो । निर्देशिका नै संशोधन गर्दा पनि हालसम्म संस्थागत लगानीकर्ताले ६ लाख ६६ हजार ६ सय ६६ कित्ताका लागि मात्र अावेदन दिएको बिक्री प्रबन्धक नागरिक लगानी कोषले जानकारी दिएको छ। एनएमबीले निष्काशन गरेकोमध्ये ४३ लाख ५८ हजार १ सय ६ कित्ता एफपीअो बिक्री हुन बाँकी छ । 

यो पनि :
एनएमबी बैंकको एफपीअो बेच्न धितोपत्र बोर्डद्वारा वाँडफाँट निर्देशिका नै संशोधन (विज्ञप्तीसहित)​
एनएमबीको एफपीअो संस्थागत लगानीकर्ताले पनि किनेनन्​
एनएमबी बैंकको ५६% एफपीअो बिकेन​
बुधबारदेखि एनएमबी बैंकको एफपीअो खुल्दै, प्रतिकित्ता ३३३ रूपैयाँ​

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?