एसईईको नतिजा सार्वजनिक : यसरी हेर्न सकिन्छ नतिजा !

काठमाडौं । गत चैत महिनामा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । 

शनिबार साँझ  बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईईको नतिजा सार्वजनिक गरेको हो । 

७७ जिल्लाका ४ लाख ८५ हजार ५ सय ९६ परीक्षार्थीहरू एसईईको परिक्षा दिएका थिए । कूल परिक्षार्थीमध्ये नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ परीक्षार्थीले एसईई परीक्षा दिएका थिए । नियमिततर्फ ४ लाख ५१ हजार ५३२ जना सफल भएका छन् भने एक्जाम्टेड तर्फ २५ हजार १३८ जना सफल भएका छन् ।

यसैगरी यस वर्षको नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा पनि नतिजा हेर्न सकिन्छ । साथै एसर्इर्इको नतिजा आइभीआर, एसएमएसबाट पनि हेर्न सकिन्छ। आइभीआरतर्फ नेपाल टेलिकमबाट १६०० मा फोन गरी नतिजा सुन्न सकिन्छ। एसएमएसबाट पनि नतिजा थाहा पाउन सकिन्छ। 

त्यस्तै एसर्इर्इको नतिजा शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np मा, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.npमा, परीक्षा नियन्‍त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np मा हेर्न सकिन्छ।

यसअघि अपराह्न ४ बजे नतिजा प्रकाशन गर्ने भनिएकोमा प्राविधिक समस्याका कारण केहि ढिला गरी नतिजा प्रकाशन भएको हो ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?