कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित, कति भए पास ? (नतिजा सहित)

काठमाडौं । सन् २०१९ को लागि लिइएकोको नवौँ चरणको ईपीएस कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । 

ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ गते लिइएको कोरिया भाषा परीक्षाको नतिजा प्रकाशित भएको हो । 

सन् २०१९को लागि भएको कोरियन भाषा परीक्षामा ७४ हजार ८ सय ६६ जना सहभागी भएका मध्ये कुल ७ हजार ९ सय ९६ जना परीक्षार्थी उत्तीर्ण भएको इपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए । 

यो वर्ष कारियाले ७ हजार १ सय नेपाली कामदारको कोटा दिएको थियो । कोटाभन्दा झण्डै ९ सय बढी परीक्षार्थी उत्तीर्ण भएका छन् । 

जसमा कृषिमा २ हजार ९६८ र उत्पादन क्षेत्रमा ५ हजार २८ जना उत्तीर्ण भएका छन् ।

कोरियाले ओसीआर प्रविधिबाट कपी जाँच्ने भएकाले नतिजा प्रकाशित गर्न धेरै समय लगाउँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?