नेपालको राजनीति १९ वर्ष अघि भन्दा झन् अस्तव्यस्त (भिडियोसहित)

चुनावको बेलामा हजारौँ लाखौँ युवाहरूलाई स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्छौँ भनेर प्रतिबद्धता बाँडेका राजनीतिक दलहरू युवाका तिनै एजेन्डामा अहिलेपनि तिनै राजनीति गरिरहेका छन् । तर, युवाका खास समस्याहरू सम्वोधन हुन सकेका छैनन् । देशमा पर्याप्त मात्रामा उद्योग र युवाहरूका लागि रोजगारीका वातावरण सिर्जना नहुँदा आज पनि विमानस्थलमा दैनिक हजारौँका सङ्ख्यामा होनहार युवाशक्तिहरू वैदेशिक रोजगारीमा जानका लागि लामो लाइन लागिरहेका हुन्छन् । नेपालीलाई परिवारको जोहो जुटाउन परदेश जानैपर्ने परिस्थितिको सिर्जना भएको छ ।सरकारले देशमै रोजगारीका अवस्था सिर्जना गर्ने भनेपनि सम्भावनालाई व्यवहारिक बनाउन सकेको छैन । अर्काको भुमिमा युवावर्गले कस्ता पीडा बेहोर्नु परेको छ ? समस्याको समाधान के हुन्छ ? यसै विषयमा लोकपथका लागि नेपाली जनसम्पर्क समिति, साउदी अरबका वरिष्ठ उपसभापति अर्जुन थापासँग लोकपथकर्मी अनिता आचार्यले गरेको खास कुराको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौँ  : 

रोजगारीका लागि १९ वर्षदेखि साउदी अरबियामा हुनुहुन्छ । कहिले आउनुभयो नेपाल?

नेपाल आएको झण्डै दुई हप्ता भयो । विदेशी जीवन बिताउन लागेको पनि झण्डै १९ वर्ष भयो ।

हालै साउदीका एक राजकुमार जेल परे तर यसलाई ठूलो मुद्दा बनाइएन । सबैजना अरु बेला जसरी नै सामान्य आ–आफ्नो काम ग–यौं । यही कारणले गर्दा नै विकास भएको हो कि भन्ने लाग्छ ।

१९ वर्षमा यहाँले देख्नु भएको साउदी अरबियाको परिवर्तन बताइदिनुस् न !
हामी जाँदाको र अहिलेको साउदी अरबिया पूरै फरक छ । त्यति बेला पुराना संरचनाहरू मात्र थिए । प्राय माटोका घरहरू थिए कहीँ कतै देखिने बिल्डिङहरू पनि स–साना थिए । बाटाहरू साँघुरा थिए । योजनावद्ध विकास भएको थिएन । तर अहिले उनीहरूले निकै ठूलो फड्को मारेका छन् । ६ लेनको बाटो छ, ओभरहेडपुल बनेका छन् र सबै जनतालाई सरकारले नै सेवा सुविधा दिन्छ । अर्को कुरा साउदी अरबमा न बन्द हुन्छ, न हड्ताल । नेपालमा जस्तो सानो कुराले बन्द हड्ताल गर्ने चलन छैन त्यहाँ । त्यसैले पनि त्यहाँ आनन्दले विकास भइरहेको छ ।
कानून पनि सबैलाई बराबरी छ ।हालै साउदीका एक राजकुमार जेल परे तर यसलाई ठूलो मुद्दा बनाइएन । सबैजना अरु बेला जसरी नै सामान्य आ–आफ्नो काम ग–यौं । यही कारणले गर्दा नै विकास भएको हो कि भन्ने लाग्छ ।

अब यो बताईदिनुहोस् कि, उन्नाइस वर्ष अगाडिको नेपाल र आजको अवस्थालाई तपार्इंले कसरी हेरिरहनुभएको छ ?

सान्दर्भिक प्रश्न । उन्नाइस वर्षअघि भन्दा मैले आज नेपाल झन् अस्तव्यस्त देख्छु । हिजोका दिनमा केही थियो, केही काम भएको थियो । आज आएर त काम पनि भएको देखिन्न । अलिकति बाटो बढाएर धूलो उडाउँदैमा संरचना बन्ने होइन । देश बन्ने होइन ।
हामीकहाँ काम गर्ने तरिका नै छैन । बजेट सकिन्छ, तर काम केही हुँदैन । अब त यहाँ राम्रो चिज के छ भनेर खोज्नुपर्ने अवस्था आइसकेको छ । जुन पार्टी भए पनि देशलाई माथि पु–याउन सकेनन् । हो, यहाँ अर्को दुर्भाग्य के छ भने नेपालमा प्रशासकलाई गाइडलाइनमा ल्याउनुपर्ने अवस्था छ । प्रशासकले शासकलाई गाइड गर्छन् । मन्त्रीले नै यहाँ सचिव ज्यूहरूसँग सोधेर योजना बनाउनुहुन्छ । किनभने आफूसँग कुनै भिजन नै छैन । भिजन नभएपछि अरुसँग सोध्नुपर्ने आवश्यकता हुन्छ । धेरै राजनैतिक दलले आफ्नो स्वार्थका लागि सोच्नुहुन्छ । आफ्नै फाइदाका लागि कानून बनाउन बल गर्नुहुन्छ । नेता ज्यूमा उत्तिकै स्वार्थ छ ।

केही समयअघि यही स्टुडियोमा एक मन्त्रीज्यूलाई लास्ट बेन्चरहरूले सधै राजनीति गरे, अनि राम्रा युवाहरूलाई स्वदेशमा बस्ने वातावरण नभएर विदेश जानुपर्ने वाध्यता छ भनेर सोध्दा उहाँले ‘विदेशमा बसेर नेपाललाई गाली गर्ने अधिकार छैन’ भन्ने किसिमको अभिव्यक्ति दिनुभएको थियो । के भन्नुहुन्छ ? 

सायद मन्त्री ज्यूलाई नै थाहा छैन कि, ढुङ्गा मुढा गरेर आउनुभएको बुद्दीले चल्दैन । उहाँहरूको जस्तै सबैको बोल्ने अधिकार छ । बहस गर्न पाउनुपर्छ, किनकि यो हाम्रो प्रजातान्त्रिक अधिकार पनि हो । सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न पाउनुपर्छ । टिका–टिप्पणी नै गर्न पाउनुहुन्न भन्ने उहाँहरू को? उहाँले त राज्यबाट सेवा सुविधा लिनुभएको छ नि, खोइ त हामीले पाउने सेवा सुविधा? मैले पाएको छु त? ट्याक्स त तिरिरहेको छु नि ।

उहाँहरूको भनाइ अनुसार त आफू नालायक छन् भने अरुलाई पनि नालायक देख्छन् भनेजस्तै हो । मैले मेरा लागि कुरा गरेको छैन नि, मैले देशका बारेमा गरेको कुरा हो । उहाँहरू त्यसो भन्नुहुन्छ भने त्यो सरासर गलत हो । अधिकार छैन भन्नुहुन्छ भने रेमिट्यान्स पठाउने अधिकार पनि छैन भन्नुप–यो । मेरो परिवार त यहाँ छ नि, ट्याक्स त मैले हरेक कुराको तिरेको छु । सेवा सुविधा नपाएको त हो नि । यदि मन्त्री ज्यू नै त्यसो भन्नुहुन्छ भने त्यो अव्यवहारिकता हो ।
सायद मन्त्री ज्यूलाई नै थाहा छैन कि, ढुङ्गा मुढा गरेर आउनुभएको बुद्दीले चल्दैन । उहाँहरूको जस्तै सबैको बोल्ने अधिकार छ । बहस गर्न पाउनुपर्छ, किनकि यो हाम्रो प्रजातान्त्रिक अधिकार पनि हो । सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न पाउनुपर्छ । टिका–टिप्पणी नै गर्न पाउनुहुन्न भन्ने उहाँहरू को? उहाँले त राज्यबाट सेवा सुविधा लिनुभएको छ नि, खोइ त हामीले पाउने सेवा सुविधा? मैले पाएको छु त? ट्याक्स तिरिरहेको छु नि ।

प्रसङ्ग मौडौं, आफू जन्मेको ठाउँ, आफ्नो मातृभुमि छाडेर परदेशको यात्रा तय गर्दा, परिवारसँग छुट्टिएको वातावरण र प्लेनमा बसेर होल्ड हुँदै गर्दा एउटा नेपालीले के सोचिरहेको हुन्छ?

त्यतिखेर म आफूलाई एकदमै गरीब सोच्छु । परिवारसँग त मलाई पनि बस्न मन छ नि । तर वाध्यताले विदेशिनु परेको हुन्छ । तर, यसमा म राज्यसत्तालाई दोष दिन्न । किनकि, म मेरो व्यक्तिगत स्वार्थले पनि विदेश गएको हुन्छु ।
साउदीमा जाने नेपालीको सङ्ख्या करिब साढे चार लाख छ । विदेशमा जाने कति नेपालीले आत्महत्या ग–यो भन्ने पनि सुन्नुपर्छ । यस्ता घटना किन दोहोरिन्छन्?
अहिले सामाजिक सञ्जाल छ । मिडिया छ । एकाध केहीले आत्महत्या गरेका हुन सक्छन् । तर यस्ता घटना धेरै दोहोरिँदैन । किनकि नेपालमा भन्दा धेरै सुविधा छ त्यहाँ । धेरै मानिसमा विश्वास पनि हुन्छ । नेपाली छिटो आक्रोशमा आइहाल्ने भएकाले छिटफुट घटना घट्छन् ।

अरबको खाडीमा गएर दुख पाएको सन्दर्भलाई लिएर गित बनाईन्छ । बन्द कफिनमा लास आइरहेका पनि देखिरहेका हुन्छौं, भनेपछि  पक्कै त्यहाँ समस्या छ । यस्ता समस्यालाई दूतावासले कसरी सहयोग गरिरहेको छ?

राजदूतावासको भन्दा पनि केही नयाँ जेनेरेसन गइरहेका छन् । ती आफूमा राम्रा पनि छन् । उनीहरूले नै सहयोग गर्छन्, मुद्दाहरूमा छलफल गर्छन् । तर यहाँ पनि एक–आपसमा दोषारोपण गर्ने, चर्किन खोज्ने चलन पनि छ, त्यो हुनु हुँदैन । नयाँ पुस्ताले चाहिँ कामगर्न खोज्छन्, सुझाव तथा सल्लाह पनि दिन्छन् । पुरानामा आफै जान्ने भन्ने भावना भने छ ।
तर आफ्नो पार्टीको झण्डा जसले बोक्यो, नेतृत्वमा जो छ, उसले आफ्नो मान्छे राजदूत बनाएर पठाउँछ भन्ने पनि सुनिन्छ । के बुझ्नुभएको छ? त्यसो भन्न मिल्दैन । नैतिक समर्थन हुन सक्छ । पहिलेपहिले यो अवस्था थियो । अहिले त्यस्तो छैन । 

राजदूत र राजदूतावासका कर्मचारीले प्रवासी नेपालीसँग कस्तो भूमिका खेल्नुहुन्छ?
पहिले अन्तक्र्रिया कार्यक्रम पनि भइराख्थे । तर अहिले हुन छोडेका छन् । अहिले भैहाल्यो भने पनि गणतन्त्र दिवसका अवसर पारेर हुन्छ ।

वैदेशिक रोजगारमा जानेहरूले कोबाट सहयोग पाउनुहुन्छ?
सहयोगका लागि आफूभन्दा अग्रजलाई नै हेर्ने हो । मभन्दा अग्रजसँग मैले केही सिकिरहेको हुन्छु । सभ्यता, भाषा, कानून लगायतका कुरा हामीले अग्रजबाटै सिक्छौं । यही प्रक्रिया दोहोरिने हो ।

अहिले वैदेशिक रोजगारीमा जान चाहनेहरूका लागि युवाहरूलाई सहज बनाउने भनेर आइरहेको छ । यहाँहरूले के देख्नुभएको छ? यो कत्तिको सहज छ?
सरकारले सहज बाटो अपनाएको छैन । नेपालमा एउटा तरिका हुन्छ, त्यो फलो गर्नुुहुन्छ । तर, उहाँहरूको काम गर्ने शैलीमा परिपक्वता देखिँदैन ।

यस्ता होनहार युवा भएर पनि राज्यले भने नेपालमा जनशक्तिको खाँचो छ भनिरहन्छ । मलाई लाग्छ, हामी दक्ष जनशक्ति बनाउँदै छौ भन्छ । सरकारका जानकारले युवा पाउनेबित्तिकै आफ्नो पछि लगाउनुहुन्छ । अनि युवा कसरी पाउनुहुन्छ ?

पछिल्लो समयमा श्रम स्वीकृति लिएको वा एउटा काम भनेर अर्को काममा पठाएको थाहा पाउनुभएको छ?
त्यो स्वभाविक हो । त्यहाँ कामको प्रकृति नै फरक छ । त्यही अनुसारको खुबी, इन्डोर काम, आउटडोर काम हेरेर काममा लगाइन्छ । अहिले यस्तो समस्या पनि घट्दै गएको छ ।

साढे चार लाख युवाले अरबमा काम चाहिँ के गर्छन्?
सबै खाले काम गर्नुपर्छ । ‘लेबरदेखि म्यानेजरसम्मका’ काम गर्नुपर्छ । दक्षताका हिसाबले काम हुन्छ । यस्ता होनहार युवा भएर पनि राज्यले भने नेपालमा जनशक्तिको खाँचो छ भनिरहन्छ । मलाई लाग्छ, हामी दक्ष जनशक्ति बनाउँदै छौ भन्छ । सरकारका जानकारले युवा पाउनेबित्तिकै आफ्नो पछि लगाउनुहुन्छ । अनि युवा कसरी पाउनुहुन्छ ?नेपालमा युवालाई काम गर्ने वातावरण नै छैन । न कुनै प्रोजेक्ट छ, युवालाई काममा लगाउन त प्रोजेक्ट हुनुप–यो नि । युवा त देशको समस्याले भन्दा पनि आफ्नो समस्याले बाहिर गएका हुन्छन् । नेपालमा रोजगारीको वातावरण मात्र होस् न, सबै नेपाली फर्किन थाल्छन् ।

भाषिक समस्याले कत्तिको असर पार्छ त?
भाषिक समस्या र ‘होम सिक’ भन्ने समस्या धेरै देखिन्छ । किनकि, त्यहाँ आफ्नो भन्ने खासै हुँदैनन् । उजाड लाग्दो मरुभूमि हो, बालुवा नै बालुवा छ । सबै बोल्ने अरबी नै हो, गाह्रो पक्कै छ । आफू जाने देशको भाषा जानेको राम्रो । 

अरबको खाडीमा नेपाली जाँदा यहाँको जस्तो कानून होला भनेर अनुमान लगाएर जाने र त्यहाँ गइसकेपछि कानूनी झमेलामा फस्ने गरेको पनि सुनिन्छ । हो?
त्यस्तो हुँदैन । जटिलताका बारेमा सबैलाई थाहा भइसकेको हुन्छ । पहिले त राहदानीमै लेखिएको हुन्थ्यो । भाषाले गर्दा समस्या होला, त्यो अर्कै कुरा, तर नेपाली कानूनमा अपडेट भएकै हुन्छन् ।

तपाईंले यो उन्नाइस वर्षको बीचमा यो खाडी मुलुकमा किन आएछु भन्ने कुनै दृश्य देख्नुभयो ? त्यस्तो कुनै मन छोएको कुनै घटना छ ?
यो धेरै वर्ष अगाडिको एउटा घटना छ । तीन जना नेपालीको गाडीको ठक्करबाट मेरै अगाडि मृत्यु भयो । त्यतिबेला चाहिँ विदेशमा किन आएछु भन्ने लागेको थियो । घटनामा आफ्नै मान्छे परेपनि हामीलाई उठाउन जाने अधिकार हुँदैन । निकै दुःख लाग्छ ।

अन्त्यमा एउटा कुरा भन्दिनुस् न, परदेशिएका नेपालीले नेपालमा लगानी गर्न कस्तो वातावरण खोजिरहेका छन् ?
लगानीका लागि नेताहरूले हामीमा पारदर्शिता देखाउनुप–यो । उहाँहरूले हामीलाई ‘भिजन’ दिनुप–यो । लगानी गरेअनुसार फाइदा हुने वातावरण ‘स्योर’ हुनुप–यो । गरेको लगानीमा सत्तरी प्रतिशत हामी लगानी गर्छौं, बाँकी राज्यले गरोस् । स्कूल, भवन जे मा पनि हामी लगानी गर्न तयार छौं । तर यूवाको पसिनामा झुटो राजनीति गर्नुभएन । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?