मिथुन चक्रवर्तीको छोरालाई लाग्यो बलात्कार गरेको आरोप

मुम्बई – दिल्लीको रोहिणी कोर्टले भारतका चर्चित अभिनेता मिथुन चक्रवर्तीका छोरा महाअक्षय चक्रवर्तीलाई बलात्कार, झगडा र गर्भपात गराएको एक मामलामा एफआईआर दर्ता गराउन आदेश दिएको छ ।

एक महिलाले महाअक्षय र उनकी आमा योगिता बालीमाथि धोका दिएर गर्भपात गराएको आरोप लगाएकी छिन् । यस बारेमा धेरै जानकारी भने बाहिर आएको छैन ।

मिथुनका छोरा अभिनयमा पनि जम्न खोजेका थिए तर उनी अभिनयमा जम्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?