सरकारको स्वच्छाचारी र स्वतन्त्रता विरोधी निर्णय विरुद्ध,  मानव अधिकार तथा शान्ति समाजबाट चरणवद्ध आन्दोलनको घोषणा

काठमाडौं । नव गठित नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) नेतृत्वको सरकार विरुद्ध मानव अधिकार तथा शान्ति समाजले असार २६ गते देखि चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । 

जनताको उन्मुक्ति र स्वतन्त्रताका नाममा नेकपा सरकारले स्वतन्त्रता विरोधी निर्णय र स्वच्छाचारी गतिविधि सञ्चालन गरेका कारण आन्दोलन गर्नु परेको समाजका महासचिव उत्तम पुडासैनीले बताएका हुन । 

सरकारी विरुद्ध चरणबद्ध आन्दोलनका क्रममा असार २६ गते प्रधानमन्त्री कार्यालय सिंहदरबार दक्षिण गेटमा सरकारको स्वतन्त्रता विरोधी निर्णयहरु र स्वेच्छाचारी गतिविधि विरुद्ध दिउँसो १ बजे धर्ना प्रदर्शन गरिने छ । 

विरोध प्रदर्शनमा समाजका सस्थापक सभापति मानवअधिकारवादी नेता कृष्ण पहाही लगायत नागरिक अगुवा तथा अधिकारकर्मीहरुको सहभागिता हुने जनाइएको छ । 

त्यसैगरी असार ३० गते शनिवार १ बजे प्रधानमन्त्री निवास वालुवाटारस्थित  ३ नम्बर गेट अगाडि दोस्रो विरोध प्रदर्शन गरिने भएको छ । 

असार ३२ गते सोमबार दिउँसो १ बजे नयाँ वानेश्वर संसद भवन अगाडि तेस्रो प्रदर्शन गरिने छ भने साउन १ गतेदेखि उपत्यकाका विभिन्न स्थानहरुमा निरन्तर नागरिक सभा तथा कोणसभा आयोजना गरि विरोध जनाइने छ । 

वर्तमान सरकारले आधारभुत स्वतन्त्रता र मानव अधिकार कुण्ठित हुने गरि निर्णय गर्नुका साथै न्यायिक निर्णयहरुलाई समेत लत्याउँदै आपराधिक चरित्रलाई संरक्षण र प्रोत्साहन गरेको आरोप समाजको छ । 

बहुमतिय सरकारको धम्की दिर्दै पछिल्लो चरणमा सरकार हिंसात्मक प्रवृत्ति देखाउदै गएको र सत्याग्रही तथा न्यायप्रेमीहरुप्रति क्रुर बन्दै गएको अवस्थामा आधारभूत स्वतन्त्रता, मानव अधिकार संरक्षणका लागि शान्ति समाजले यो आन्दोलन घोषणा गरेको भनाई समाजको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?