स्वीमिङ पुलमा डुबेर अमेरिकामा एक नेपाली विद्यार्थीको मृत्यु

क्यालिफोर्निया–सुर्खेत स्थाई घर भई हाल अमेरिकाको क्यालिफोर्निया राज्यस्थित ओरेन्ज कोष्ट कलेज, कोष्टा मेसामा अध्ययनरत एक नेपाली विद्यार्थीको डुबेर मृत्यु भएको छ ।

 १९ वर्षीय अमिर शाहीको  अपार्टमेन्ट नजिकैको स्वीमिङ पुलमा पौडी खैल्ने क्रममा डुबेर अर्धचेत बनेकोमा स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।  उनी जुन २६ तारिखका दिन उक्त घटनामा परेकोमा शुक्रबार मृत्यु हुन पुगेको बताइएको छ ।

सन् २०१७ को अगस्टमा अध्ययनको सिलसिलामा अमेरिका आएका अमिर समर बिदाको क्रममा चिनजानको साथी प्रसन्न रानाकको अपार्टमेन्टमा पुगेका थिए ।  रानाको बाट केहिबेरमा फर्किन्छु भनि बाहिरिएका उनी पौडी खेल्न पुगेको र त्यहाँ डुब्न पुगेको क्यालिफोर्नियाबासी नेपाली प्रतिमा राणाले बताइन् । राणाका अनुसा अमिरलाई प्रहरीले नै अस्पताल पुर्याएको थियो ।

अहिले अमिरको शब नेपाल पठाउनको लागि क्यासिफोर्नियाबासी सानडिआईगो नेप्लिज एसोसिएशनकी अध्यक्ष मनिता योगी , क्यालिफोर्नियाबासी, अर्चना देउजा र प्रतिमा राणाले अनलाईन गोफण्डमी मार्फत सहयोगको अपिल गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?