महोत्तरीको जलेश्वरमा सिसि क्यामेरा जडान

बर्दिबास : सुरक्षा व्यवस्था चुस्त बनाउन र अापराधिक घटना घट्न नदिन महोत्तरी सदरमुकाम जलेश्वरका मूख्य ८ स्थानमा सीसीटीभी क्यामेरा जडान गरिएको छ । 

बर्दिबास नगरपालिकाले चालु अार्थिक बर्षमा सिसीटीभी जडानका लागि छुट्याएइको ६ लाख ३१ हजार रूपैयाँ बजेटबाट सीसीटीभी क्यामेरा लगार्इएको हो । 

बर्दिवास प्रवेश गर्ने पुर्वपश्चिम महेन्द्र राजमार्ग ,बर्दिवास – औरही खण्ड , जलेश्वर सडक खण्ड र बर्दिवासचोकबाट बाहिरिने वीपी राजमार्गमा सीसीटीभी क्यामरा जडान गरीएको छ।

वन्यजन्तु तथा सुनचादीँको तस्करी, लागुऔषध ओसारपोसारको ट्रान्जिट प्वाइन्ट र नक्कली अमेरीकी डलर प्रयोगलगायतका अपराधिक गतिविधि बृद्धि भएपछि सीसीटीभी क्यामेरा जडान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक डिल्ली प्रसाद मैनालीले जानकारी दिए ।

सीसीटीभी जडान गरेपछि अापराधिक घटनामा कमी अाउने र सुरक्षा महशुस हुने स्थानीयको भनार्इ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?