शिक्षण अस्पतालमा तनाव, नर्स र चिकित्सकबीच झडप

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा बिरामीको उपचार सेवा बन्द गर्ने र खुलाउने विषयलाई लिएर स्वास्थ्यकर्मीहरुबीच झडप भएको छ । 

जुम्लामा अनसनरत डा. गोविन्द केसीको समर्थन गर्दै चिकित्साहरुको साझा संगठन नेपाल मेडिकल एशोसिएसन (एनएमए)ले देशभरका स्वास्थ्य संस्था बन्दको आह्वान गरेको हो । 

यसैबीच वामपन्थी दलनिकट चिकित्सक संगठन र नेपाल नर्सिङ संघ भने उपचार सेवा बन्द गर्न नहुने पक्षमा देखिएका हुन् । 

डा. केसी कार्यरत त्रिवि शिक्षण अस्पतालमै उपचार बन्द गर्ने कि नगर्ने विषयमा बिहीबार बिहानैदेखि चिकित्सकहरुबीच विवाद सुरु भएको थियो ।

विवादका क्रममा त्यहाँ कार्यरत नर्स तथा आवासीय चिकित्सकहरुबीच सामान्य झडप भएको थियो ।

विवाद अझै बढ्न सक्ने अवस्था भएपछि अस्पताल परिसरमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?