काठमाडौँ सामाखुसी बस्ने प्रिया खड्का (२२) नाम परिवर्तन । त्यतिबेला नराम्ररी झस्किइन् । जतिबेला उनको काभ्रे जिल्लास्थित आफन्तले फोन गरेर म्यासेन्जरमा आउन भने । र तत्कालै उनको नाङ्गो तस्बिर पठाए । र म्यासेज लेखे, ‘तँ आजबाट हाम्रा लागि मरिस् ।’
भएको के थियो ?
महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा भेटिएकी खड्का काठमाडौँको एक नाम चलेको कलेजमा साईन्स विषयमा प्लस टु गरिरहेकी छात्रा हुन् ।
कलेज आउजाउका क्रममा उनका धेरै साथीहरु बनेका थिए ।
मध्यम वर्गीय परिवारकी प्रियाको सपना डाक्टर बन्ने थियो ।
किनकी उनकी आमा भाई जन्माउन नसकेर प्रसव व्यथामा छट्पटाउँदा छट्पटाउँदै भगवान्को प्रिय भएकी थिईन् ।
त्यसबेलादेखि डाक्टर बन्ने सपना बुनेकी प्रियाले ७३ सालको एसएलसी परिक्षामा ८८ प्रतिशत ल्याएकी थिईन् ।
उनलाई कलेजले स्कलरसिप प्रोग्राममा राखेको थियो ।
अर्थात् उनका बालाई झोलाभरि पैसा ल्याएर कलेजमा खन्याउन पर्दैनथ्यो ।
यस वर्षको नतिजा उनकै पक्षमा आयो अर्थात् फेरिपनि उनी प्रथम नै भईन् ।
सामाजिक सञ्जालले मोडेको बाटो….
मंगलबारको दिन थियो ।
माछामासु नखाने बार भएकोले उनी किचनको खोपाखोपाबाट आएको मासुको गन्ध छल्न छततिर टहलिँदा एउटा फ्रेन्ड रिक्वेस्ट आउँछ ।
उनी प्रोफाइल चेक गर्छिन् एउटा नर्सको एप्रोन लगाएको प्रोफाईल पिक्चरवालीको फ्रेन्ड रिक्वेस्ट ।
प्रोफाईलमा उनको बारेमा ‘सि मोर ईन्फरमेसन’ हेर्दा थाहा भयो उनी अस्ट्रेलियामा बसोबास गर्ने नेपाली हुन् ।
सिमोन ।
२४ वर्षकी केटी ।
नर्सिङमा ईन्टर्नसिप गरिरहेकी ।
म्युजिकल्ली, ह्वाट्स एप, भाईबर, स्काईप, ईमो, टिन्डर, ईन्स्टाग्राम, ट्विटर, सबतिर चकाचक केटी ।
नोटिस हुने किसिमको व्यक्तित्व ।
सिमोन र प्रिया अब साथी भए ।
त्यो रिक्वेस्ट …. !
‘साथी बनेपछि त्यति पनि गर्दिनस् है !’ सिमोन उताबाट बोली ।
‘ओ माई गड ! तँलाई किन मेरो ‘न्याकेड फोटो पठाउने ल चित्त बुझ्ने कारण दे ? फस्र्टमा ।’ प्रिया हाँस्दै भनी ।
उनीहरु साथी बनेको ४ महिना पुग्न लागेको थियो ।
करिब चार महिनाको अवधिमा प्रिया र सिमोन यति धेरै क्लोज भए कि उनीहरु खाँदा, हाँस्दा, कलेज टाईम, ब्रेक टाईम, समय मिलाई मिलाई एक अर्कासँग खुल्थे । अथवा यो भन्दा जायज होला खुल्न चाहन्थे ।
प्रियालाई सिमोनको ‘कियरिङ’ शैली औधी मनपथ्र्यो ।
सिमोन चाहिँ ‘तँ बिना मर्छु’ भन्थी ।
उनीहरु एक अर्कासँग सहमत भए । अर्थात् सिमोन र प्रियाले आ आफ्नो नाङ्गो तस्बिर एक अर्कालाई पठाए ।
मोबाईलको क्यामेरामा कैद भएका तस्बिरमा उनीहरु निर्वस्त्र थिए ।
पूराका पूरा निर्वस्त्र । कुनै फोटोमा उनीहरुले हातले आफ्ना लाज ढाकेका थिए त कतै मुख छोपेका ।
भर्खरका किशोरीहरु ।
ईन्टरनेट अनलाईनका माध्यमबाट आफूमा आएको शारीरिक तथा मानसिक परिवर्तन के हो भनेर झटपट सर्च गर्न सक्ने मात्रै ।
आफ्ना उमेरका बाहेक अरु मान्छेहरु मन नपर्ने स्वभावका उनीहरु क्रमिक रुपमा खुल्दै गए ।
प्रियाको ग्यालरीमा सिमोनका २७ ओटा न्याकेड फोटोहरु भेटिए ।
सिमोनलाई उसले जम्माजम्मी १४ ओटा फोटो पठाएकी रहिछन् ।
हामीहरु यति खुल्यौँ कि थाहा छैन । किन कसरी के कहाँ कस्तो रुपमा हाम्रो विचार मिल्न थाल्यो ।
प्रिया भन्छिन्, सिमोनले पुरुषभन्दा बढ्ता महिलालाई मन पराउँथिन् । उनले यो कुरा मलाई शुरुकै भेटमा भनेकी थिईन् ।
यस्तो थियो घटना
जब सिमोन प्रियाबीच पटकपटक कुराकानी भयो ।
उनीहरुले आफ्ना सबै कुराहरु एक एक गरी सेयर गर्दै गए ।
‘३ महिनामा चाईल्डहुडदेखि एसएलसी अनि प्लस टु सबै कुरा सकिए ।
अनि हामीले ईमेजमा ‘कम्पीटिसन’ गर्न थाल्यौँ ।’ प्रियाको बयानबाट यही बुझिन्छ ।
प्रहरीलाई उनले मोबाईलमा भएका आफ्ना ‘न्याकेड तस्बिर’ ‘स्वाइप’ गर्दै देखाइन् ।
सिमोन केटी होइन भन्दा ….
सिमोन जन्मजात केटी हुन् तर हुर्कंदै जाँदा उनले महसुस गरिन् कि उनी केटीप्रति नै आकर्षित छिन् ।
खेल्दा ।
नाँच्दा ।
च्याट गर्दा र आफ्ना कुरा भन्न र सुन्न उनी केटीलाई मात्रै रुचाउँछिन् ।घुम्दा ।
उनी त चाहन्छिन् पूरा जिन्दगी नै केटीसँग व्यतीत गरौँ । हो , ‘लेस्वियन’ थिइन् उनी, त्यसैले उनी प्रियाको न्याकेड फोटो पटकपटक माग्न थालिन् ।
जब १४ फोटो पठाएपछि प्रिया अरु न्याकेड फोटोको लागि असमर्थ भई तब यी दुईको बीच बोलचाल बन्द भयो ।
सम्बन्धमा दरार आयो ।
सिमोनले नयाँ ब्ल्याकमेलिङको उपाय रचिन् ।
प्रियाका आफ्ना मान्छेहरुलाई 'म्युचुअल ' फ्रेन्ड बनाईन् र फटाफट प्रियालाई चिन्छौ ? भन्दै उनका फोटोहरु पठाउन थालिन् । त्यसपछि यो घटना सतहमा आएको हो ।
पिडादायी पलहरु…..
त्यसपछि प्रियाले खान छोडिन् ।
उनलाई चिन्ताले सताउनसम्म सतायो ।
हरेक घण्टा आफन्तले तंैले यो हदसम्म बिगारिस् भन्दै आएका फोनले उनलाई बिझाउन थाल्यो ।
केही आफन्तले त जंगलको नाम सुझाउँदै झुण्डिएर मर्न भने ।
आफ्नै बाले पनि थाहा पाएर ‘आमा भएको भए तेरो कारणले झुण्डिएर मर्थी अलच्छिनी’ भने ।
कलेजमा कानेखुसी चल्यो ।
चिनेजानेका सबै प्रियासँग खनिए ।
आफ्नाहरु टाढिएपछि अन्तिममा उ प्रहरीकोमा गएकी थिई ।
प्रहरीले लामो समय लगाएर अनुसन्धान गरेपछि मात्रै सबै कुरा थाहा भयो ।
अहिले पनि घटना र यसको अनुसन्धान टुङ्गिसकेको छैन ।
४ महिनाको कहालीलाग्दो घटनाक्रम भुलेर प्रिया क्रमिक रुपमा पहिलेको अवस्थामा आईरहेकी छिन् ।
अहिले पढाइलाई निरन्तरता दिएर सपना साकार पार्ने अठोटसहित अघि बढिरहेकी छिन् ।
*****
प्रविधिको बढ्दो प्रयोगसँगै नयाँ नयाँ समस्याहरु सिर्जना हुँदै गएको प्रहरीको अनुसन्धान र प्राप्त भएका उजुरीले देखाउँछ ।
हिजोआज कथाजस्ता लाग्ने घटना फेसबुक र सामाजिक सञ्जालबाटै हुने गरेको छ ।
यसको शिकारमा स्कुले उमेरका केटाकेटीदेखी कलेज पढ्ने यूवायूवतीसम्म फसेका छन् ।
यो एउटा दलदल हो । त्यसैले अघिल्लो आर्थिक वर्षभन्दा समग्रमा साईबर क्राइमसम्बन्धि घटना काठमाडौँमा मात्रै ३० प्रतिशतले बढेको छ ।
सामाजिक सञ्जालबाटै साथी बन्ने र केहि समयमा नजिकिने, भेट्ने, अंकमाल गर्ने विवाह गर्ने र दोस्रोपटक नसोची डिभोर्स दिने परिपाटि बढेको छ ।
***
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया