काठमाडाैं अार्इपुग्यो ‘मकालु’ विमान

काठमाडाैं : नेपाल वायु सेवा निगमले अमेरिकी कम्पनी एएअारसँग खरिद गरेको दोस्रो वार्इडबडी एअरबस विमान 'मकालु' काठमाडाैंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको  छ। 

यसअघि असार २४ गते 'अन्नपूर्ण' भित्र्याएको निगमले ए ३०३-२०० सिरिजको दोस्रो वार्इडबडी नेपाल ल्याएको छ । 'मकालु' लार्इ '९-एनएलजेड' कलसार्इन दिर्इएको छ । 

युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको यो जहाजलार्इ स्वागत गर्न विमानस्थलमा मन्त्रालय र निगमका अधिकारीहरू पुगेका थिए । 

अन्नपूर्णमा जम्मा २ सय ७४ सिट रहेको छ । यीमध्ये १८ वटा विजनेश क्लास र २ सय ५६ वटा साधारण क्लासका सिट रहेको निगमले जनाएको छ । 

निगमले २०९.६ मिलियन अमेरिकी डलर (करिब २१ अर्ब ९० करोड नेपाली रूपैयाँ) मा यी विमान खरिद गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?