२१ औं शताब्दीको सबैभन्दा लामो खग्रास चन्द्र ग्रहण आज

काठमडौं । २१ औं शताब्दीको सबैभन्दा लामो खग्रास चन्द्र ग्रहण आज लाग्दै छ । पृथ्वीको छायाँले पूर्णरूपले छोपिने गरी हुने खग्रास चन्द्र ग्रहणको यो समय १ घन्टा ४३ मिनेटको हुनेछ । 
राति २ बजेर ९ मिनेटमा सुरु हुने छ । चन्द्र ग्रहणको अन्त्य शनिबार बिहान ४ बजेर ४ मिनेटसम्म रहने छ ।

चन्द्रग्रहण भइरहेका बेला चन्द्रमा सूर्यको प्रकाशको परावर्तनले गर्दा रातो देखिनेछ ।

तर यो चन्द्रग्रहण विश्वका सबै क्षेत्रमा देखा पर्दैन । उत्तरी र दक्षिण अमेरिकामा यो चन्द्रग्रहण देखा पर्ने छैन् । उनीहरूलाई यो चन्द्र ग्रहण हेर्न मन भए देखा पर्ने क्षेत्रको भ्रमणका लागि टिकट बुक गराउनुपर्ने हुन्छ । यो चन्द्रग्रहण अफ्रिका, मध्यपूर्व, नेपाल,भारत, अस्ट्रेलिया र युरोपका केही भागमा देखा पर्ने आइएफएल साइन्सले जनाएको छ ।

गत शताब्दीमा मात्र चार खग्रास चन्द्रग्रहण लागेको थियो । यो चन्द्रग्रहणमा चन्द्रमा पूर्णरूपमा छोपिन्छ । जुन १५ सन् २०११मा लागेको यो खग्रास ग्रहण १०० मिनेटको थियो । जुलाई १६ सन् २०००मा र जुलाई १९८२मा देखिएको  यो चन्द्र ग्रहण १०७ मिनेटको थियो । २०औं शताब्दीको चौथो खग्रास ग्रहण सन् १९३५को जुलाइ महिनामा भएको थियो त्यसको समय १०१ मिनेटको रहेको स्पेसडटकमले जनाएको छ ।

२०औं शताब्दीमा भएका चार खग्रास चन्द्र ग्रहणहरू मध्ये जुलाई महिनाका चन्द्र ग्रहण लामो समयसम्मको रहेको देखियो । २१औं शताब्दीको यो जुलाई महिनामा लाग्ने चन्द्र ग्रहण शताब्दीकै सबै भन्दा लामो हुने अपेक्षा गरिएको छ ।

यो वार्षिक क्यालेन्डरमा अधिकतम चार सूर्य ग्रहण र तीन चन्द्र ग्रहण लाग्ने अमेरिकाको अन्तरिक्ष अध्ययन संस्थान नासाले जनाएको छ । नासाका अनुसार तीन ग्रहणहरूमा खग्रास, खण्डग्रास, अल्पग्रास (टोटल, पार्सियल र पेनुम्ब्रल) हुनेछ । यो जुलाईमा हुने खग्रास चन्द्र ग्रहण हुनेछ ।

खग्रास ग्रहण त्यतिखेर हुन्छ जतिखेर कुनै पूर्णिमामा सूर्य, पृथ्वी र चन्द्रमा एकदम पंक्तिबद्ध हुन पुग्छ । यो हुँदा पृथ्वी सूर्य र चन्द्रमाको बीचमा हुन पुग्छ र पृथ्वीको छायाँ चन्द्रमा पर्छ ।
यसका साथै चन्द्र ग्रहणका बेला पृथ्वी सूर्य भन्दा टाढा हुन पुग्छ । यसले गर्दा पृथ्वीको छाँया सामान्य भन्दा ठूला हुने गर्छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?