सेकेन्ड ह्यान्ड किताब बेच्ने जेफ बिजोस भए विश्वका सबैभन्दा धनी व्यक्ति

एजेन्सी : दुई दशक अघि जेफ बिजोसले स्थापना गरेको कम्पनी अमेजन अहिले विश्वको पहिलो खर्ब अमेरिकी डलर बराबरको कम्पनी बन्न पुगेको छ ।

सेकेन्ड ह्यान्ड पुस्तक बचेर अहिले बिजोस सबै व्यापारका व्यापारी बनेका छन् ।

सन् १९९४मा उनले अमेजन स्थापना गरेका थिए ।

अहिले उनी दुनियाँका सबै भन्दा बढी धनी व्यक्तिको रूपमा स्थापित भएका छन् ।

उनले विश्वको खुद्रा बजारलाई पुनःआकार दिइरहेको दाबी गरेका छन् । 

बिजोसका महत्वाकांक्षाहरू दशकौंअघि उदाएका थिए ।

छिट्टै सम्बन्ध विच्छेद गरेका किशोर आमाबाबुका सन्तानको रूपमा बिजोस आमा ज्यकी र सौतेलो बाबु माइक बिजोससँग टेक्सास र फ्लोरिडामा हुर्के र फिडेल क्यास्ट्रो सत्तामा आएपछि किशोरअवस्थामा क्युबा भागे ।

ब्राडस्टोनले सन् २०१३मा लेखेको उनको बायोग्राफी अनुसार उनको शुरूवाती रूचि इन्जिनियरिंग र विज्ञानमा थियो ।

हाइस्कूलको एक भाषणमा उनले बाह्य अन्तरिक्षमा कोलोनी बनाउने दृष्टिकोण प्रस्तुत गरेका थिए ।

प्रिन्स्टन युनिभर्सिटिमा उनले इन्जिनियरिंग र कम्प्युटर साइन्सको अध्ययन गरे ।

आफ्नो सीपको उपयोग न्यूयोर्कस्थित वित्तीय कम्पनीहरूमा गरिरहँदा उनले म्याकेन्जीसँग भेट भयो ।

म्याकेन्जी अहिले उपन्यासकार छिन् र उनकी पत्नी । त्यतिखेर डीई शा हेज फण्डमा काम गर्दै थिइन् ।

सन् २०१०मा उनले प्रिन्स्टन युनिभर्सिटीमा सम्बोधन गर्दा आफ्ना पुराना निर्णय सम्झे र अमेजनलाई शुरू गरे ।

अमेजनलाई सन् १९९५मा ४५ देशका ५० राज्यबाट अर्डर आउन शुरू भयो ।

यसको ५ वर्ष भित्र उपभोक्ताको संख्या १ लाख ८० हजारबाट बढेर १ करोड ७० लाख पुग्यो । कम्पनीको बिक्री ५ लाख ११ हजार अमरिकी डलरबाट बढेर १.६ अर्ब अमेरिकी डलरमा पुग्यो ।

ठूला नामधारी लगानीकर्ता उनको कम्पनी तिर डोरिन थाले ।

सन् १९९७मा यो कम्पनी सार्वजनिक कम्पनीको रूपमा परिणत भयो ।

सन् १९९९मा टाइम म्याग्जिनले बिजोसलाई किंग अफ साइबर कमर्सको रूपमा टिप्पणी गर्दै वर्षको व्यक्तित्वको रूपमा प्रस्तुत ग-यो ।

उपभोक्तालाई ध्यान दिएर उनले दीर्घकालीन योजना बनाउन थाले । यो योजना अमेजनालाई निर्देशन गर्नका लागि थिए ।

अमेजन कम्पनीमा ५ लाख ७५ हजार भन्दा बढी मानिस काम गर्छन् ।यो लग्जम्बर्गको कुल जनसंख्या जति हो ।

गत वर्ष अमेजनले होल फुड पसल किनेको थियो । यो वर्ष अनलाइन फार्मेसी किन्ने घोषणा ग-यो ।

आरोपबाट अमेजन पनि मुक्त हुन सकेन् । सियर्स, टोयज आर युज र बार्नर एन्ड नोबल जस्ता खुद्रा कम्पनीले अमेजनमाथि कर र श्रमको प्रावधानको दुरूपयोग गरेको आरोप लगाएका थिए ।

गत वर्ष अमेजनले उत्तर अमेरिकामा अर्को ठूलो क्षेत्रको निर्माण गर्ने घोषणा गरेपछि त्यहाँ अमेजन विरोधी अभियान सञ्चालन भयो ।

५४ वर्षीय बिजोसको सम्पत्ति १५० अर्ब अमेरिकी डलर बराबरको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?