१५ दिनदेखि नउडेको सौर्य एयरलाइन्स ६५ करोडमा बिक्री

काठमाडाैं : निरन्तर घाटामा गएपछि विमान नै उडाउन नसक्ने अवसथामा पुगेको साैर्य एअरलार्इन्स ६५ करोड रूपैयाँमा बिक्री भएको छ।

चीनमा व्यवसाय गरिरहेका श्याम अधिकारीले विभिन्न बैंकमा रहेको ५५ करोड रूपैयाँ ऋण, कर्मचारीलार्इ दिनुपर्ने १० करोड रूपैयाँ र विमानस्थलको बक्याैता चुक्ता गर्नेगरि एअरलार्इन्स खरिद गरेका हुन् । अागामी हप्ता विमान खरिदबिक्री सम्बन्धी सम्झाैता हुने साैर्य एअरलार्इन्सले जानकारी दिएको छ । 

तीन बर्षअघि मात्र विभिन्न व्यवसायीहरूको पहलमा सीअारजे-२०० सिरिजको जहाज ल्याएर साैर्य एअरलार्इन्सले सेवा शुरू गरेको थियो । हाल साैर्यसँग २ वटा जेट र्इन्जिन विमान छन् । एउटा विमान भने ग्राउन्डेड भएको छ। 

नयाँ व्यवस्थापनका साथ साैर्यले अागामी सोमबारदेखि नै उडान भर्ने जनार्इएको छ । गत १५ दिनदेखि साैर्यले उडान भर्न सकेको छैन । 

कम्पनी बेच्न एअरलार्इन्सले एमाले निकट व्यवसायी दुमन थापा र विशाल ग्रुपसँग समेत छलफल बढाएको थियो । तर, उनीहरूले खासै चासो नदेखाएपछि व्यवसायी अधिकारीसँग कुरा मिलेको हो । 

पहिलो जहाज ल्याएको करिब साढे २ बर्षभित्रै साैर्यले नयाँ विमान नेपाल भित्र्याएको थियो । क्यानडाको प्रसिद्द बम्बार्डिएर कम्पनीले निर्माण गरेको सीअारजे-२०० सिरिजको जहाज साैर्यले उडार्इरहेको थियो । यी दुवै जहाज ५० सिट क्षमताको छ ।

 माउन्टेन फ्लार्इट, विराटनगर, भद्रपुर, नेपालगञ्ज र धनगढी गन्तव्य बनाएर उडान भरिरहेको साैर्यले पछिल्लो पटक नियमित उडान नै भर्न नसक्ने र उडान रद्द हुने समस्या भोगिरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?