मेक्सिकोमा विमान दुर्घटना

एजेन्सी : मेक्सिकोको दुरंगो शहरमा विमान दुर्घटना भएको छ ।

विमानमा ९७ यात्रु सवार रहेको त्यहाँका स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

राज्यका गभर्नरले त्यो दुर्घटनामा मृत्यु बारे तत्काल कुनै जानकारी नदिएको जनाइएको छ ।

गभर्नर होसे एइसपुरोले ९७ यात्रु सवार रहेको र ४ विमानकर्मी रहेको ट्विट गरी जनाएका छन् ।

स्थानीय सञ्चार माध्यमका अनुसार विमान उडेको पाँच मिनटमै दुर्घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?