कक्षा १२ को नतिजा यसरी थाहा पाउन सकिन्छ

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा अाज सार्वजनिक गर्ने जनाएको छ । 

नतिजा कुरेर बसेका विद्यार्थीहरूले वेभसार्इट, एसएमएस र अार्इभीअारबाट अाफ्नो परीक्षा नतिजा थाहा पाउन सक्ने बोर्डले जानकारी दिएको छ । 

राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np शिक्षा मन्त्रालयको www.moe.gov.np र नेपाल टेलिकमको www.ntc.net.np मार्फत परीक्षा नतिजा हेर्न सकिनेछ । 

यस्तै, नेपाल टेलिकमको मोबार्इलबाट १६०१ मा एसएमएस गरेर वा टेलिकमकै अार्इभीअार सेवा १६०१ मा डायल गर्दा प्राप्त हुने निर्देशनअनुसार पनि परीक्षा नतिजा थाहा पाउन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?