किशोर साहित्यलाई ५० हजारको पुरस्कार

काठमाडौं । किशोर साहित्यमा कलम चलाउने साहित्यकारहरुको एक भेलाले किशोरलाई लक्षित गरेर निस्किएको पुस्तकलाई ५० हजार रुपैंया रासीको पुरस्कार प्रदान गर्ने भएको छ । वर्षभरि निस्किएका किशोर लक्षित पुस्तकमध्ये एउटालाई यो रासीको पुरस्कार प्रदानगरिने भएको हो ।

त्यसैगरि वर्षभरिमाविभिन्न सञ्चार माध्यममाप्रकाशित–प्रशारित युवा सामग्रीमध्ये दुईवटालाई १०–१० हजार रुपैंया पुरस्कार प्रदानगरिने भएको छ । 

राजधानीमा गठन भएको राष्ट्रिय युवा साहित्य परिषदको कार्यरणी समितिले उक्त निर्णय गरेको हो । भेलाले लेखकतथा पत्रकार आश्विनीकोइरालाको अध्यक्षतामा १५ कार्यकारी सदस्यचयनगरेको छ । जसको बरिष्ठउपाध्यक्षमा महेश पौड्याल, उपाध्यक्षमासम्पदामल्ल, सचिवमामिलन संग्रौला र कोषाध्यषमा सीमानापौडेल चयन भएका छन् । 
परिषद्को सदस्यमा कृष्णआचार्य, सुरेश बादल, कृष्णढुंगेल, सुधिर कुमार ‘सुमन’, नविनप्यासी, आयुष भट्टराई, प्रदीपबस्नेत, संघर्ष क्षेत्री र दीपक कोइराला छन् । कोइरालाले प्रवाश संयोजकको जिम्मेवारीसमेत सम्हाल्नेछन् । 
किशोर साहित्य‘साहित्यपठनको प्रारम्भिक बिन्दु’भएको निष्कर्ष निकाल्दै भेलाले यसलाई साहित्यको मूलधारको साहित्यले स्वीकार गर्ने सामग्रीउत्पादनमाजोड दिने लक्ष्यपनि राखेको छ । ‘विक्री र पाठकका हिसावले नेपालको किशोर साहित्य मूलधारको साहित्यभन्दा धेरैमाथि छ ।

नवनिर्वाचित अध्यक्ष अश्विनी कोइरालाले भने, ‘तर यसलाई मूलधारकासाहित्यका रुपमा स्वीकार गरिएको छैन । यो अवस्थाको अन्त्यगर्ने लक्ष्यका साथ म आफ्नो कार्यकाल पूरा गर्नेछु ।’

परिषद्ले प्रकाशनको पहुँचबाटटाढा रहेका लेखकलाई सम्पादन तथा प्रकाशनमा सहयोग तथासिफारिस गर्ने, देश तथाविदेशमा रहेकायुवा साहित्यकारलाई संगठितगर्ने, किशोर साहित्यको स्तरीयतासम्बन्धीविभिन्नकार्यक्रम, गोष्ठी, भेला संचालनगर्ने लक्ष्य राखेको छ ।
परिषद्ले नेपालका सबै चर्चित साहित्यकारले आफ्नो पठनको प्रारम्भ किशोर साहित्यबाट सुरु गरेकाकारण पुरस्कारको नामपनिकिशोर साहित्य लेख्ने पूराना साहित्यकारको नामबाट राखिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?