प्रहरी श्रीमती संघको साधारणसभा सम्पन्न

 काठमाडौं । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती प्रमीला खनालको प्रमुख आतिथ्यमा संघको ३४औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । 

उक्त अवसरमा संघकी अध्यक्ष खनालले संघ स्थापनादेखि नै समाजसेवाको भावले सेवामुलक, परोपकारी एवं मानवीय कल्याणका कार्यक्रममा सक्रिय रहँदै आएको बताइन । 

सामाजिक, शैक्षिक र स्वास्थ्य क्षेत्रमा संघले संचालन गरेको गतिविधिमा सबैको सहयोग, समन्वय र कार्यगत एकताले लक्षित उद्देश्य प्राप्त गर्न सफलता मिलेको दावी उनको थियो । 

सामूहिक कार्यमा संघमा आवद्ध सम्पूर्ण सदस्यहरूबाट सिर्जनात्मक सल्लाह र सुझाबको अपेक्षा राखेको बताउँदै उनले आगामी दिनमा समेत नयाँ सेवामूलक कार्यक्रममा प्रभावकारी भूमिकाका साथ अगाडि बढ्ने उल्लेख गरेकी छिन । 

कार्यक्रममा संघकी प्रशासन सचिव श्रीमती निलु न्यौपानेले बार्षीक गतिविधि प्रस्तुत गरिन । संघकी कोषाध्यक्ष श्रीमती ममता राणाले आर्थिक वर्ष २०७४र०७५ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?