सीटीईभीटी अाज लिन लागेको प्रवेश परीक्षा स्थगित

काठमााडाैं : प्राविधिक शिक्षा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) ले आज लिन लागेको प्रवेश परीक्षा स्थगित गरेको छ । 

परिषद्ले प्राविधिक एसएलसी तहको पूर्ण शुल्कीयतर्फको भर्नाका लागि अाज प्रवेश परीक्षाको मिति तोकेको थियो । 

तर, परीक्षा नियन्त्रण कार्यालयले विशेष कारणबस परीक्षा स्थगित गरिएको सूचना जारी गरेको छ । 

प्रवेश परीक्षा सञ्चालन हुने मिति र स्थानबारे पुन : सूचना प्रकाशन गरिने कार्यालयले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?