पुराना सुटकेश हुनेलाई जापानको विमानस्थलले उपहार दिने

एजेन्सी : जापानको एक विमानस्थलले पुराना सुटकेश बोक्नेहरूका लागि उपहार योजना ल्याउन लागेको छ ।

जापानको आसाहि शिम्बुनले ओसाकास्थित कान्साई अन्तर्राष्ट्रिय विमानस्थलले यस्तो उपहार योजना ल्याउन लागेको हो ।

यात्रुहरूलाई बलपेन, नोटबुक र यस्तै यस्तै सानातिना उपहार दिने योजना बनाइएको जनाइएको छ ।

पुराना सुटकेश बोक्नेले आफ्ना पुराना सुटकेश छोडर जान र साना उपहार लिन विमानस्थलले यात्रुलाई प्रोत्साहन गर्नेछ ।

यसका लागि विमानस्थलले यसबारे जनचेतना जगाउन विभिन्न भाषामा पोस्टरहरू लगाउने सो अखबारले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?