फ्रि भिसाको देश बनाउने योजनामा श्रीलंका

एजेन्सी: श्रीलंकाका प्रधानमन्त्री ररिनल विक्रमसिंघेले पर्यटन भित्र्याउनका लागि फ्रि भिसाको देश बनाउने विषयमा अध्ययन गर्न एक कार्यदल गठन गरेका छन् ।

पर्यटन मन्त्री जोन अमरतुंगाले भारत, चीन ,युरोपेली र पश्चिमा देशहरूको पर्यटनलाई तान्नका लागि फ्रि भिसा बनाउन आवश्यक अधययन गर्न यसो गरिएको जनाएको सिन्ह्वाले जनाएको हो ।

अध्यायगमनको अराजकता हटाउन र पर्यटकलाई श्रीलंका ल्याउन यो प्रस्तावको उद्देश्य भएको अमरतुंगाले खुलाए ।

यो कार्यदलले दिएको सिफारिश अनुसारको प्रस्तावलाई बेमौसममा अक्टोबर देखि नोभेम्बर र मार्च देखि अप्रिल महिनामा कार्यान्वयन गरिने उद्देश्य रहेको छ ।

यसमा श्रीलंकाको पार्यटन ब्युरोले पनि कार्य गरिरहेको छ ।श्रीलंकामा पर्यटक बृद्धि गत वर्षको तुलनाम सन् २०१८को पहिलो अर्धवार्षिकमा १५.३ प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?