सागर र आसिफको टिम क्वालालम्पुर च्याम्पियन

च्याम्पियन मलेसिया । नेपाली क्रिकेटरद्धय सागर पुन र आसिफ शेख आवद्ध क्वालालम्पुरले मलेसियन प्रिमियर लिगको उपाधि कब्जा गरेको छ।

आइतवार सम्पन्न फाइनल खेलमा क्वालालम्पुरले युनिभर्सिटी केबान्गसान मलेसियालाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको हो । 

युनिभर्सिटी केबान्गसानले २६ ओभरमा सबै विकेट गुमाउँदै १ सय १ रनको योगफल तयार पारेको थियो । 

जवाफी मैदानमा ब्याटिङ गरेको क्वालालम्पुरले २५ दशमलब ३ ओभरमा मात्र ३ विकेट गुमाउँदै निर्धारित लक्ष्य पुरा गर्‍यो । क्वालालम्पुरका लागि कप्तान अहमद फैजले नटआउट ४५ रन बनाए भने आसिफ शेखले ३३ रनको योगदान दिए ।  आसिफले २६ औँ ओभरको दोस्रो र तेस्रो बलमा लगातार चौका प्रहार गर्दै जित दिलाए। ओपनर ब्याट्सम्यान सागर पुनले १० रन जोडेका थिए । 

लिगमा नेपालका सागर पुनले दुई शतकसहित सर्वाधिक ४ सय ५२ रन बनाउन सफल भने ९ विकेट पनि लिए । 

१० खेलबाट २ सय १९ रन बनाएका आसिफ सर्वाधिक रन बनाउने खेलाडीको सूचीको सातौँ स्थानमा रहन सफल भए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?