बैंकक उड्दै एनएसीको वार्इडवडी ‘मकालु’

काठमाडाैं : नेपाल वायु सेवा निगम (एनएसी) ले 'मकालु' वार्इडवडी जहाजको व्यवसायिक उडान थार्इल्याण्डको बैंककबाट शुरू गर्ने भएको छ । 

'मकालु' ले केहिदिनभित्रै व्यवसायिक उडान भर्ने गरि एनएसीले तयारी पुरा गरेको छ । यो विमान उडानका लागि नियामक नेपाल उड्ययन प्राधिकरणले उडान सञ्चालन अनुमतिपत्र (एअोसी) दिर्इसकेको छ । 

'मकालु'लार्इ ‘नाइन एन एएलजेट’ कलसार्इन दिर्इएको छ । कूल २ सय ७४ वटा सिट रहेको मकालुमा १८ सिट सांग्रिला बिजनेश क्लासका छन् । 

एनएसीले साउन १० गते 'मकालु'  जहाजलार्इ नेपाल ल्याएको थियो । यो विमानलार्इ एअरबस कम्पनी निर्माण गरेको हो । ए ३३०–२०० सिरिजको मकालु ल्याउनुअघि समान क्षमताको अन्नपूर्ण जहाज पनि अार्इसकेको छ । 

अन्नपूर्णले साउन १६ गतेदेखि नै कतारको दोहाबाट व्यवसायिक उडान थालिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?